हुड्के क्युरेनी साढे १७ किलोमिटर सडकको शिलान्यास

सुर्खेत, १८ असोज ।
बराहताल गाउपालीका वडा नंं. ४ को हुड्के किउरेनी कालोपत्रेका लागी सडक शिलान्यास गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट लगायतको उपस्थितिमा १७ दशमलव ७ किलोमिटर सडकको शिलान्यास गरिएको हो ।
खड्का कन्ट्रक्सनले ६१ करोड लागतमा आगामी २०८३ अषार १५ भित्र उक्त सडक निर्माणको काम सम्पन्न गर्ने सम्झौता रहेको छ । उक्त सडक कालोपत्रे भएपछि हुर्के, क्युरेनी, साँझघाट, कुटा, चेपाङ, ईखेनु, बुटी लगायत ठाउमा सडक यातायात सहज रुपमा सञ्चालन हुने छ ।
सो सडक बराहताल गाउँपालिका वडा नं. ८, ४, ३, ५ र ६ साथै पञ्चपुरी नगरपालिकाको जामु तातापानी सम्म जोडिने छ । सामान्य रुपमा यातायातका साधन सञ्चालन हुँदै आएको उक्त क्षेत्रमा काम सडक पिच भएपछि बाह्रै महिना यातायात सुविधा उपलव्ध हु्नेछ ।









