दोहोरो भुक्तानी सिफारिस गर्ने इन्जिनियरलाई स्पष्टिकरणबाट उन्मुक्ति, उपभोक्ता समितिका पदाधिकारी कालोसूचीमा

दिपेन्द्र शर्मा
जाजरकोट, १८ असोज ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने उखाले–तल्लु सडक निर्माण गरी दुई कार्यालयबाट भुक्तानी लिने उपभोक्ता समितिलाई पुर्वाधार विकास कार्यालयले कालोसुचीमा राखेको छ । याे अनियमिततालाइ युगन्यूज डट कमले नियमित रुपमा सुरु देखिनै खबरदारी गर्दै अाएकाे छ ।

सडक निर्माणमा दोहोरो भुक्तानी लिएको १३ लाख राजश्व खातामा दाखिला

जाजरकोटको एकै सडकमा दुई कार्यालयबाट भुक्तानी

जाजरकाेट प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँगको परापर्शमा ति उपभोक्ता समितिलाई कालोसुचीमा राख्ने, अन्तिम मुल्याङ्कन र विलभरपाई बनाउने कार्यालयका ईन्जिनियर शंकर कुँवरलाई स्पष्टिकरण सोधेर सचेत बनाउने, सिफारिस गर्ने वडाध्यक्ष लालबहादुर बानियाँलाई सचेत गराउने गरी पत्राचार गरिएको कार्यालय प्रमुख सोहिन्दर यादवले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ उपभोक्ता समितिले फिर्ता गरेका छन् । जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने उखाले–तल्लु सडक निर्माण गरी एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिन अघि सार्वजनिक भएको थियो ।

गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको कुरा सार्वजनिक भएपछि दोहरो भुक्तानी लिएको रकम उपभोक्ताले फिर्ता गरेका हुन् । नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो

नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसंग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौता गरेका थिए । तर उनीहरुबाट पनि माओवादी नेता गणेश सिंहले कामको जिम्मा लिएको समितिका अध्यक्ष प्रेमबहादुरको भनाई छ ।

उपभोक्ताबाट कामको जिम्मा लिएका ति नेताले डोजर प्रयोग गरेर बाटो बनाएका थिए । उपभोक्ता समितिका पदाधिकारीलाई बाटोमा फाईदा भएको रकम नदिएपछि उनीहरुले गत असार महिनामा नै नलगाड नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।

यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै करीव ३२ लाख बढी रकम भुक्तानी भैसकेको थियो । नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानवीनबाट पुष्टि भएपछि पुर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो ।

बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले मंगलवार पुर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए ।

गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियोे ।

अफिसलाई झुक्याएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिईसकेको रकम फिर्ता गर्न लगाएको यादवले बताए ।

एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, स्थानीय जनप्रतिनिधी सहितले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानियालाई समेत झुक्याएको ठहर भएको थियो ।

त्यसरी डुप्लिकेशन गर्ने र संलग्न सवैलाई कारवाही गर्नु पर्ने स्थानियको माग छ । सदरमुकाम खलंगामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा पनि उक्त सडकमा दोहोरो भुक्तानीबारे स्थानियले प्रश्न गरेका थिए ।

जवाफमा कार्यालय प्रमुख यादवले आफुले गल्ती गरेको भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताए । रकम असुली भैसकेको र आवश्यक कारवाहीको प्रक्रिया पनि बढेको बताए । गत बर्ष धेरै कोटेशन बाँडेको भन्ने आरोपको सन्दर्भमा उनले गत बर्षबाट पाठ सिकेको र यस बर्ष कोटेशन नबाँड्ने बताए । उनले आफ्नो स्वार्थमा कुनै काम नगरेको भौतिक प्रगति राम्रो गरेको र सवै पार्टीको काम गरिदिएको दावी गरे ।

दोहोरो भुक्तानी सिफारिस गर्ने इन्जिनियरलाई स्पष्टिकरणबाट उन्मुक्ति, उपभोक्ता समितिका पदाधिकारी कालोसूचीमा

“कर्णालीका मिडियामा देखिएको असाधारण संकटमा गम्भिर छौं”

दोहोरो भुक्तानी सिफारिस गर्ने इन्जिनियरलाई स्पष्टिकरणबाट उन्मुक्ति, उपभोक्ता समितिका पदाधिकारी कालोसूचीमा

YUGAAWHAN NATIONAL DAILY (2080-06-18)