गुटको छायाँमा एमाले, कर्णालीमा कँडेल भर्सेज बाेगटी-शाह पक्षिय प्यानलै बनाएर मत माग्दै

सुर्खेत, १४ असोज ।
नेकपा एमाले सुर्खेतका उपसचिव घनश्याम पाण्डेले आइतबार विहानै सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गर्नुभएको छ । उहाँले नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनका उम्मेदवार रहेका ५ जना नेताको फोटो राख्दै लेख्नुभएको छ ।
“नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनमा आज मतदात हुँदैछ । मैले उहाँहरुलाई मतदान गर्ने निर्णय गरेँ । म चाहन्छु तपाईहरु पनि निर्णय लिनुभए राम्रो हुनेछ” लेख्दै उहाँले आफ्नो रोजाइका प्यानलै उम्मेदवारहरुको नामावली राख्नुभएको छ ।
“अध्यक्ष : गुलावजंग शाह, उपाध्यक्ष : टेकराज पछाई, सचिव : धु्रवकुमार शाही, उपसचिव : रमेश कुमार शाही, रविन्द्रराज शर्मा । नेकपा एमाले सुर्खेत, सबैलाई नमस्कार, अनि सहयोद्धा प्रतिनिधि कमरेडहरुलाई बिहानीको झुल्के घामसंगै सुर्खेतीको लालसलाम”–उहाँको फेसबुक स्टाटसमा लेखिएको छ ।
मतदान गर्ने, नेता चयनमा प्रत्येक मतदाता तथा व्यक्तिगत स्वतन्त्रताको उपयोग भन्दै घुमाउरो तरिकाले एउटा गुटका प्यानलै नेताहरुको फोटो, नाम राखी अन्य मतदातालाई प्रभावित गर्ने गरी मत मागिएको छ ।

पार्टी अधिवेशनमा गुट उपगुट निर्माण गर्न नहुने, प्यानल बनाएर निर्वाचनमा होमिन, प्रचार प्रसार गर्न नहुने केन्द्रीय नीतिलाई समेत घुमाउरो तरिकाले प्रभावित गर्ने गरिएको फेसबुकमा स्टाटस आएको एमाले बृत्तमा चर्चा छ । उहाँको स्टाटसलाई आधिकारिक मानेपछि उक्त पक्षका नेता तथा कार्यकर्ताहरुले मतदाता प्रतिनिधिहरुलाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा सबैतिर सेयर गरिएको छ ।
उक्त प्यानल (टिम) बाट मुगुका पूर्व प्रदेश सभा सदस्य तथा उपाध्यक्ष पदका उम्मेदवार दानसिंह परियार र पूर्व प्रदेश सभा सदस्य तथा एमाले सुर्खेतका अध्यक्ष अमृत बहादुर विसीका भान्जी महिला नेता पदमा खड्काको नाम सो टिमको लिष्टबाट हटाएको छ ।
सुर्खेतबाट सचिव पदका उम्मेदवार डण्डी प्रसाद शर्माले सचिव पदबाट आफ्नो उम्मेदवार फिर्ता लिएपछि सुर्खेतको एमालेभित्र नयाँ समिकरण निर्माण भएको एमाले बृत्तमा चर्चा सुरु भएको छ । सचिव र उपसचिव पदमा एउटै समूहबाट सुर्खेतबाटै उम्मेदवार हुँदा अन्य जिल्लामा नकारात्मक सन्देश जाने भन्दै नेताहरुकै दौडधुपमा गुट भित्रको नेता व्यवस्थापन र भूगोल मिलाउने काम भएको चर्चा छ । एमाले सुर्खेतका अध्यक्ष अमृत बहादुर विसी लगायतले अन्तिम समयमा गुट परिवर्तन गरेकाे चर्चा छ । यस अघी जिल्ला अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहबाट अध्यक्ष पदमा निर्वाचित भएका विसी प्रदेश अधिवेशनसम्म अाइपुग्दा (बाेगटी-शाह) प्यानलमा पुगेकाे चर्चा छ ।
एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल (गुट) बाट प्रदेश अध्यक्ष पदमा माथी उल्लेखित उम्मेदवारहरु रहेका छन् । अर्का स्थायी कमटिी सदस्य गोरख बहादुर बोगटी र प्रदेश अध्यक्ष विनोद कुमार शाह (गुट) बा अर्को टिम चुनावी मैदान होमिएको छ ।
बोगटी–शाह (गुट) बाट अध्यक्ष पदमा मिन बहादुर शाही (कालीकोट), उपाध्यक्ष पदमा लाल बहादुर महतरा (जाजरकोट), सचिवमा रुद्र शाही (दैलेख), उपसचिव महिलातर्फ पदमा खड्का (सुर्खेत) उम्मेदवार टुङ्गाएर गोप्य, भेला, बैठक, छलफलमा उम्मेदवारहरु जुटेका छन् । खुल्ला उपसचिव पदमा टीमबाटै धेरै उम्मेदवारी परेपछी टीममा कसलाई राख्ने भन्ने संकट परेको छ ।
नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट नेतत्व आफ्नो अनुकूल बनाउका लागि नेकपा एमाले स्थानीय कमिटी सदस्य यामलाल कँडेल, गोरख बहादुर बोगटी र एमाले प्रदेश अध्यक्ष बिनोद कुमार शाहका वीचमा रस्साकस्सीनै चलेको छ ।
एमाले केन्द्रीय अध्यक्ष केपि शर्मा ओली र महासचिव शंकर पोखरेलको आर्शिबाद तथा बाचा लिएर प्रत्येक्ष राजनीतिमा होमिँदै प्रदेश नेतृत्वका लागि आएका कालीकोट निवासी मिन बहादुर शाहीको पक्षमा प्रदेशमा सर्वसम्मत हुन सकेन ।
केन्द्रीय नेतृत्वले चाहँदा चाहँदैपनि प्रदेशका अध्यक्ष उम्मेदवार मिन बहादुर सर्वसम्मत हुन नसकेपछि चुनावै मैदानमा होमिएका छन् । प्रदेशको नेतृत्व सर्वसम्मत हुन नदिन प्रमुख भूमिका एमाले स्थायी कमिटी सदस्य कँडेल, बोगटी र प्रदेश अध्यक्ष विनोद शाहको जुगो लडाई, इगोले काम गरेको कार्यकर्ताहरुमा चर्चा छ ।
स्थायी कमिटी सदस्य कँडेलले एमाले पोलिटव्यूरो सदस्य समेत रहेका गुलावजंग शाहलाई प्रदेश अध्यक्षमा जसरी पनि बनाउनुपर्ने पक्षमा उभिएपछि महासचिव पोखरेल कर्णाली इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टलाई जिम्मेवारी दिँदै बन्दसत्र सुरु नहुँदै काठमाडौं फर्किएका थिए ।
विगतमा गुट उपगुट, केपि ओली समूह र माधव नेपाल समूह हुँदै पार्टी विभाजनसम्म पुगेको नेकपा एमाले पुनः त्यही बाटोमा हिडेको छ । नेकपा एमालेको चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले गुटगत रुपमा प्यानल बनाएर उम्मेदवार खडा गर्न नपाईने र गुट उपगुटका आधारमा मत माग्न नपाईने नीतिनै निर्माण गरेको थियो । सो महाधिवेशनमा अध्यक्ष पदमा केपि शर्मा ओली र भिम बहादुर रावलवीच प्रतिस्पर्धा भयो ।
प्यानलै खडा भएर उम्मेदवारी दर्ता, भेला, बैठक, छलफल र पर्चा, पम्पलेटिङ त भएन तर महाधिवेशनको अध्यक्ष, पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुमा यी यी पात्रहरुलाई मत चाहि नगर्नुपर्ने सानो चिर्कटाे (कागज) मतदाताको हातहातमा पु¥याइएको थियो । जस जसको नाम उल्लेख गरेर मत नहाल्नु भनिएको थियो अन्ततः त्यो समूह पुरै पराजित भयो । उम्मेदवार बन्दा, प्रचार प्रसार प्यानलै रुपमा भएन तर भोट नहाल्नु भन्दै घुमाउरो तरिकाले संस्थापन पक्षबाटै गुटबन्दी भएको कार्यकर्ता चर्चा थियो ।







