बिल नभएको अवैध सामान बरामद

सुर्खेत । भेरीगंगा नगरपालिका–५ बबई चेक पोईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबई बाट खटिएको पाचँ जनाको प्रहरी टोलीले कुनै पनि विल नभएको अवैध सामान बरामद गरेको छ ।
नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको बा. ५ ख.३६३५ नम्बरको फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको पाइएको हो । प्रहरीले दुई क्वीन्टल चामल र गाडि धुने स्प्रे एक सय ४० पिस सामान बरामद गरेको छ ।
उक्त सामानको मुल्य त्रिपन्न हजार आठ सय साठि रुपैया बराबरको रहेको छ । सामान बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको गाडिलाई गन्तव्य स्थानतर्फ छोडिएको प्रहरीले जनाएको छ ।





