स्वास्थ्य चौकी खानिखोलाबाट २४ प्रकारका ल्याव सेवा सुरु

दुर्गा विसि
सल्लीबजार ।
सिम्ता गाउँपालिका सुर्खेतमा रहेको एक स्वास्थ्य चौकी खानीखोलाबाट अब देखि २४ प्रकारको ल्याब सेवा सुचारु गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द,उपाध्यक्ष गोमा रेग्मी, प्रदेश जन स्वास्थ्य प्रयोगशालाका निर्देशक वृक्षबहादुर शाहीले एक कार्यक्रमका विच उक्त ल्याव सेवाको उद्घाटन गरे ।
सिम्ता–९,खानीखोला स्वास्थ्य चौकीमा स्थापना गरिएको सो प्रयोगशाला उद्घाटन गरे। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कविराज योगीले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत श्यामलाल खरेलले गरेका हुन् ।
कार्यक्रममा वडा सदस्य भिमा मल र खिम बहादुर घर्ती, पुर्व वडा अध्यक्ष लाल बहादुर बुढा,जनस्वास्थ्य निरीक्षक विरेन्द्र पुन, समाजसेवी विरेन्द्र रावत, युवा नेता मोहन राना, मदन राना क्षेत्री, नरबहादुर राना, खगेन्द्र राना, गणेश वली, गंगाराम सापकोटा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका मे.कुमार सापकोटा ,सरस्वती प्रजापति र वरिष्ठ ल्याव असिस्टेन्ट गुन्जनाथ योगी लगाएतका महानुभावको उपस्थिति रहेको थियोे ।
खानीखोलाका जनताले अबदेखि विभिन्न खाले रोगहरु सुगर, जन्डिस, युरीकेसिड, एचआईभी, एचबी एसएजि, एच सिभि जस्ता प्रयोगशाला सेवा प्राप्त गर्ने भएका छन।
अबदेखि खानीखोलाका नागरिकले सामान्य रगत परिक्षण को लागि मेहेलकुला, सुर्खेत र नेपालगन्ज जाने बाध्यता हटेको छ। उक्त महान कार्य स्थापनाका लागि पहल गर्ने वडा अध्यक्ष कविराज योगी, गाउँ पालिका अध्यक्ष ऐनबहादुर चन्द, उपाध्यक्ष गोमा रेग्मी र विषेश पहल गर्ने सामाजिक विकास मन्त्री माननीय खड्गबहादुर पोखरेल लगाएत १० लाख बराबरको सामाग्री उपलब्ध गराउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरेको जनाएको छ ।






