गुर्भाकोट नगरपालिकाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत ।

पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचन भएको ६ वर्षमा पहिलो पटक नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
गुर्भाकोट नगरपालिका आठ सिटि हलमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै उनले नगरपालिकाले सम्पन्न गरेका काम, नगरपालिकामा आएको बजेट, खर्च भएको शिर्षक, बेरुजु, फिर्ता भएको रकम, नगरपालिकाको आगामी योजनाको बारेमा चर्चा गरेका हुन् ।

कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पुल पुलेसा, कृषि, रोजगारी लगाएतका अन्य थुप्रै विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा सहभागीले लम्पीस्किन रोगले सयौ किसानका पसुपंक्षी मरेको तथा बिरामी हुदा नगरपालिकामा खबर गर्दा पनि खोपको कुनै व्यवस्था नभएको, नगरपालिका बाट वडामा विनियोजन भएको बजेट बाट उपभोक्ता समिति मार्फत काम हुने तर तेही कम पनि बिचौलिया मार्फत हुने देखिएकाले त्यस्ता काममा नगरपालिकाले किन अनुगमन नगरेको, नगरले सिप मुलक तालिम दिने तर पछी त्यो सिप सिक्ने व्यक्तिले सिप लाई सदुपयोग गरे नगरेको निरीक्षण नगरेको, वास्तविक किसानको मर्का नबुझेको, १ नम्बर र ६ नम्बर वडा कार्यालयको भवन निर्माणमा ढिलाई, नगरपालिका बाट हुने सार्वजनिक सुचना लक्षित वर्ग सम्म नपुगेको, गुर्भाकोट ४ र ५ जोड्ने पक्कि पुल सिलन्यास भएको ६ वर्ष हुदा पनि निर्माणको काम ज्यादै न्यून भएको, नगरपालिकाको बेरुजु ३२ करोड बढी पुग्दा पनि बेरुजु घटाउन कसैले पहल नगरेको लगाएत विभिन्न पक्ष तथा शाखा सँग सम्बन्धित प्रश्नहरु गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन र प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जावाफ दिए ।
उनीहरुले कतिपय काम हरु गर्दा गर्दै पनि पुरा हुन् नसकेको तथा पुरा गर्ने कोसिसमा रहेको, कतिपय कामहरु (वडा कार्यालय भवन निर्माण )का लागी सहमातिका खोज्नु पर्ने र कतिपय काममा स्वयम जनताले पनि झकझक्याउनु पर्ने तथा नगरपालिका एवं वडाका जनप्रतिनिधिलाई भेटेर सचेत गराउनु जस्ता प्रश्नको जवाफ दिए ।

गुर्भाकोट नगरपालिकाको आयोजना एवं चिया मिडिया एण्ड टेक्नोलोजिको सहजीकरणमा सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख हस्त पुन, उप प्रमुख मैना विक, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, विभिन्न शाखाका शाखा प्रमुख, १४ वटै वडाका अध्यक्षहरु , वडा सदस्य एवं कार्यपालिका सदस्य, स्वास्थ्य चौकी प्रमुख, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्दिजीबी, व्यापारी लगाएतको उपस्थिति रहेको थियो ।

गुर्भाकोट नगरपालिकाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्वास्थ्य चौकी खानिखोलाबाट २४ प्रकारका ल्याव सेवा