वैशाख यता विपद्बबाट १५ जनाको मृत्यु, करोडौंको क्षति

कल्पना ढेङ्गा मगर
सुर्खेत ।
२०८० वैशाख यता कर्णालीमा एक सय ३ वटा विपद्का घटना घटेका छन् । करिव पाँच महिनाको समायावधिमा कर्णालीमा दुई करोड चार लाख २५ हजार एक सय रुपैयाँ बराबर विपद्बाट क्षति भएको छ ।

२०० वैशाख यता कर्णालीमा एक सय ३ वटा विपद्का घटना घटेको कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखा अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।

रोकायाका अनुसार असार र साउनमा ३६–३६ वटा, वैशाख र जेठमा २५÷२५ वटा र भदौमा १६ वटा विपद्का घटना घटेका थिए । विपद्बाट जेठ महिनामा सबैभन्दा धेरै क्षति भएको देखिन्छ । जेठ महिनामा विपद्बाट एक करोड ५३ लाख ३३ हजार ६ सय रुपैया बराबरको क्षति भएको हो । यस्तै असार महिनामा ३७ लाख ४९ हजार पाँच सय रुपैया क्षति भएको थियो आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक छ । २०८० वैशाख महिनामा भने विपद्बाट १३ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

विपद्का कारण मात्र कर्णालीमा एक सय ३२ वटा पशु चौपायामा क्षति पुगेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् शाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए । रोकायाका अनुसार असार महिनामा ७७ वटा, जेठ महिनामा ३१ वटा, साउन महिनामा १८ वटा तथा वैशाख र भदौमा तिन–तिन वटा पशु चौपायामा विपद्का कारण क्षति पुगेको छ । वैशाख यता बाढिपहिरोका कारण कर्णालीका ४५ स्थानमा समेत सडक अवरुद्द भएको थियो । साउन महिनामा २०, असार महिनामा १५, भदौ महिना आठ, बैशाख र जेठ महिनामा एक–एक स्थानमा सडक अवरुद्द भएको उनले जानकारी दिए ।

१५ जनाको मृत्यु, हजारौं विस्थापित
बैशाख यता कर्णालीमा यो पाँच महिनाको अवधिमा विपद्बाट १५ जनाको मृत्यु भईरहेको छ । त्यसैगरी ४१ जना नागरिक घाईते समेत भएका छन् ।
मृत्यु हुनेहरुमा वैशाख महिनामा सात जना, असारमा पाँच जना र साउनमा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी घाइते हुनेहरुमा वैशाख महिनामा १७ जना, असार महिनामा १२ जना, जेठ महिनामा आठ जना, साउन महिनामा तिन जना र भदौ महिनामा एक जना विपद्मा घाईते भएका छन् ।
२०७९÷०८० मा मात्र कर्णालीमा विपद्का घटनाका लागि २० हजार नौं सय ४७ जना नागरिकहरु विस्थापित भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक छ ।

वर्षेनी क्षति व्यहोर्छ कर्णाली
गत आर्थिक वर्ष २०७९÷०८० मा विपद्बाट ६४ करोड ८६ लाख ९६ हजार सात सय ८४ रुपैयाँ बराबरको क्षति भएको थियो ।
जिल्लागत तथ्यांक हेर्दा २०७९÷०८० मा हुम्लामा १४ करोड २९ लाख ६४ हजार सात सय रुपैयाँ बराबरको क्षति भएको थियो भने सबै भन्दा कम डोल्पामा ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको तथ्यांक छ ।

कालिकोटमा १४ करोड दुई लाख १९ हजार ७४ रुपैयाँ, सल्यानमा १३ करोड दुई लाख ५५ हजार, सुर्खेतमा १० करोड ३५ लाख ४८ हजार दुई सय, मुगुमा आठ करोड ८३ लाख ४३ हजार नौं सय ६०, जुम्लामा एक करोड ३९ लाख ६३ हजार नौ सय, रुकुम पश्चिममा एक करोड ९९ लाख १३ हजार सात सय, दैलेखमा ४६ लाख ४३ हजार सात सय ५० र जाजरकोटमा ४१ लाख ९४ हजार पाच सय रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको भनाई छ ।
गत आर्थिक वर्षमा कर्णालीमा कुल दुई हजार दुई सय १४ वटा विपद्का घटना घटेका थिए । जसमा सबैभन्दा बढि सुर्खेतमा चार सय ३८ वटा र डोल्पामा १५ वटा मात्र विपद्का घटना घटेका हुन् । विपद्का कारण नागरिकका घर, गोठ, भवन, उद्योग, विद्यालय र सरकारी कार्यालयमा समेत भौतिक क्षति पुगेको मन्त्रालयको भनाई छ ।

२०७९÷०८० मा कर्णालीमा विपद्बाट ७२ जनाको मृत्यु भएको थियो भने एक सय २४ जना घाईते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

करिव दुई करोड क्षतिपूर्ति जिल्ला पठाइयो

कर्णाली प्रदेश सरकारले विपद्का परेकाहरुको उद्धार तथा राहतका लागि कार्यविधि नै बनाएको छ । प्रदेश सरकारले हाल कर्णालीका सबै जिल्लामा विपद्मा परेका नागरिकहरुका परिवारलाई राहत रकम उपलब्ध गराउन बजेट जिल्ला तहमा पठाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखा अधिकृत कृष्णबहादुर रोकायाका अनुसार प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका लागि एक करोड ८० लाख रुपैयाँ बजेट जिल्ला तहमा पठाइएको जानकारी दिए ।

जिल्ला तहमा पठाइएको बजेटबाट कर्णालीका केहि जिल्लामा राहत रकम वितरण भईसकेको समेत उनले जानकारी दिए । यस विषयमा थप जानकारी आउन भने बाँकी नै छ । कर्णालीमो विपद्का घटनाको संख्या क्षतिको विवरण हेर्दा हाल विनियोजन भएको रकमले अपुग्ने र थप रकम आवश्यक पर्ने उनको भनाई छ ।

वैशाख यता विपद्बबाट १५ जनाको मृत्यु, करोडौंको क्षति

YUGAAWHAN NATIONAL DAILY (2080-05-19)

वैशाख यता विपद्बबाट १५ जनाको मृत्यु, करोडौंको क्षति

‘हेलो सरकार ११११ ’ को सेवा थप