‘हेलो सरकार ११११ ’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य

काठमाडौं ।

सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’ को टोलफ्रीनम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ ।

यससँगै अब एनसेलकाग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमानिःशुल्ककल गरी आफ्नागुनासा राख्न सक्छन् ।

‘हेलो सरकार’को सेवालाई अझविस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमाकल गर्न सकिने घोषणा गरिएको हो ।

विस्तारित सेवाको उद्घाटन गर्दै प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्धथप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए ।

‘हेलो सरकार’ र एनसेलको सहकार्यबारे बोल्दै उनले भने, “हेलो सरकारमा एनसेल पनि जोडिन आएकोमाधन्यवाददिन चाहन्छु ।”
‘हेलो सरकार’ आमनागरिकका गुनासा र सुझाव सुनवाइका लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो ।
“जनगुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र हो ।

सार्वजनिक सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामीनिकै हर्षित छौं,” एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

एनसेलका ग्राहकले ‘हेलो सरकार’को ११११ नम्बरमा भदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न सक्ने भएका थिए । प्रधानमन्त्री कार्यालयले यसको औपचारिक घोषणा आइतबार गरेको हो ।

आइतबारको कार्यक्रममाप्रधानमन्त्रीकार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनिकललाग्ने व्यवस्था मिलाइएको बताए ।
‘हेलो सरकार’ लाई थपप्रभावकारी बनाउन ‘रÞ्यापिड रेस्पोन्स टिम’ समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन् ।

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्क मार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्चगतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापना देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँ भन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रपबर्हाद अन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँच भित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘हेलो सरकार  ११११ ’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य

वैशाख यता विपद्बबाट १५ जनाको मृत्यु, करोडौंको

‘हेलो सरकार  ११११ ’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य

भुमि अधिकार सुर्खेतको अध्यक्षमा मोहन सुनार