जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्ला ।
जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आईतबार पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी–४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सरकारी जागिरसँगै ड्रागन खेती

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक

Leave a comment

Your email address will not be published. Required fields are marked *