धितोपत्र बजार लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

सुर्खेत, ११ चैत्र ।
धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसियसन अफ नेपालको आयोजना तथा भृकुटी स्टक ब्रोकर कम्पनी र इम्पेरियम सेक्युरिटीज कम्पनीको व्यवस्थापनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

विश्व वित्तिय सप्ताह २०२३ को अवसरमा आयोजित कार्यक्रममा नेपालको पुँजी बजारको विगत, वर्तमानको अवस्थाको चित्रण, सेयरको वर्तमान अवस्था, धितोपत्र बोर्डबाट सेयर बजारमा सुचिकृत कम्पनीहरुको लगानीको अनुगमन, निगरानी र कारवाहीका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड को निर्देशक अमिर थापा, पुँजी बजार संघ उद्योग वाणिज्य संघ बजार सभापति अम्बिका प्रसाद पौडेल, स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष सरिता अधिकारी, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालिका प्रबन्ध निर्देशक भक्ति राम घिमिरे, नेपाल विमा प्रधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारी र पुष्पा कुँवर, भृकुटी स्टक ब्रोकर कम्पनीको प्रबन्ध निर्देशक सन्दिप चाचन लगायतले धारणा राखेका थिए । सेयर बजारमा लगानी गरिरहेका र लगानीका लागि उत्साहित कर्णाली प्रदेशका दुई सयबढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

धितोपत्र बजार लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

कर्णाली जल प्रतियोगितामा भाग लिनुहोस्, २० लाख

धितोपत्र बजार लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

YUGAAWHAN NATIONAL DAILY (2079-12-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *