पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा

सुर्खेत,१४ कात्तिक ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा चार पूर्वमन्त्री चुनावी मैदानमा छन् । प्रतिनिधि सभातर्फ दुई पूर्वमन्त्री र प्रदेश सभामा दुई पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । सुर्खेतमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन । उपसभापति खड्का २०४८ सालदेखि सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका छन् । उनले सो क्षेत्रबाट २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचित भएका थिए । यद्यपि, २०६४ को पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् बनेका थिए ।

यद्यपि, धेरै पटक मन्त्री भइसकेको हुँदा अब भने मन्त्री नबन्ने घोषणा खड्काले गरेका छन् । अहिले उनि सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदवार बनेका छन् । उनको को प्रतिस्पर्धीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ध्रुवकुमार शाही छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार शाहीले नै उपसभापति खड्कालाई पराजित गर्नुभएको थियो । यस पटक खड्का र शाही एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा थिए ।
प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार बनेका छन् । उनि २०७२ सालमा सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए । थानी २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का नवराज रावतसँग पराजित भएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका थानीसँग अहिले नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवं सहकारी अभियानकर्मी अमृत बिसी प्रतिस्पर्धी छन् ।
सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा दुई जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर २ (क)मा पूर्वमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल उम्मेदवार हुन । कँडेल २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । २०७४ सालको निर्वाचनमा उनि ँ सङ्घीय निर्वाचन क्षेत्र छोडेर प्रदेश सभाको उम्मेदवार बनी निर्वाचित भएका थिए ।
यस पटक पनि उनि प्रदेश सभाको उम्मेदवार बनेका छन् । उनिसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सुर्खेतका पूर्वउपसभापति कालीप्रसाद शाक्य प्रतिस्पर्धामा छन् । यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख)मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट उम्मेदवार छन् । अहिले उनले नेकपा (एमाले)का ताराकेशर गौतम र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष मोहनसिंह बडुवालसँग प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले)का गौतम गाविसका पूर्वअध्यक्ष हुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष बडुवाल पश्चिम क्षेत्रकै बासिन्दा हुन।
सुर्खेतका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र गरी छ सिटमा चार जना पूर्वमन्त्रीको चुनावी भिडन्त रोचक देखिएको छ । पूर्वमन्त्रीलाई आफ्नो साख जोगाउने चुनौती छ । अन्य प्रतिस्पर्धीलाई पूर्वमन्त्रीलाई पराजित गरी नयाँ रेकर्ड कायय गर्ने अभिलाषा छ ।
गोरखापत्र





