रुकुम पश्चिममा धान रोपाई सुरु

प्रचण्ड खत्री
रुकुम पश्चिम २९ जेठ ।
रुकुम पश्चिमका धेरै जसो स्थानिय तहमा धान रोपाई सुरु गरिएको छ । ६ वटा स्थानिय तह रहेको रुकुम पश्चिममा धेरै जसो स्थानिय तहका धान उत्पादन फाटमा धान रोपाई सुरु गरिएको हो ।
चौरजहारीको जहारी जिउला , सानिभेरिको पेदि बजार , बाफिकोटको बालुवाचौर , मुसिकोटको सोलाबाङ , आठबिसकोटको बटालागाउँ , त्रिबेणिको सिम्रुत लगायतका अन्य गाउँमा धान सुरु गरिएको मुसिकोट १३ का नबराज बिस्टले बताए ।
समयमै आकाश बाट पानी परेकोले यस बर्ष गत बर्ष भन्दा अलि छिटो सुरु गरिएको छ । मौसममा परिवर्तन आए संगै किसानलाई यति बेला धान रोप्न चटारो परेको जिल्ला कृषि बिकाश कार्यलयको भनाई छ ।

मानो छरी मुरि फलाउने लक्षका साथ किसान खेतबारीमा बस्थ देखिन्छन । बिहान ६ बजेदेखी साझ ७ बजे सम्म किसान खेरिबारीमै ब्यस्थ देखिने गरेको बाफिकोट ४ का अब्बल किसान शंकर दाहालको भनाई छ ।
जिल्ला कृषि बिकास कार्यलय रुकुम पश्चिमका निमित्त कार्यलय प्रमुख मीनबहादुर केसिले मानो छरेर मुरि फलाउने भएकाले किसान खेतबारीमै रहेको बताए । रुकुम पश्चिम भनेको धान उत्पादनको हिसाबले राम्रो जिल्ला मानिन्छ । यहाँ आधा भुभागमा राम्रो धान उत्पादन हुने भएकाले पनि किसान ब्यस्थ रहेको बताए ।
यस बर्ष धेरै स्थानिय तहले अनुदानमा धानको बीउ बितरण नगरेको कृषकको गुनासो छ । स्थानिय तहमा प्रयाप्त बजेट नहुदा धानको बीउ खरिद नगरेको बाफिकोट गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलिले बताए ।






