चौकुनेमा कार्यपालिका सदस्य निर्वाचनमा, एमाले–माओवादी बिच गठबन्धन

सुर्खेत, १८ जेठ ।
सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको छ । बुधबार भएको कार्यपालिका सदस्य निर्वाचनमा दुई खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकरबहादुर कामी र नेकपा माओवादी केन्द्रबाट उज्जीरे ढोली निर्वाचित भएका छन ।

एमाले बाट निर्वाचित भएका शंकरबहादुर कामीले ३३ मत ल्याउदा माओवादी केन्द्रका उज्जीरे ढोलीले ३२ मत प्राप्त गर्नु भयो । यस्तै नेपाली काङ्ग्रेसबाट दिपक बिकले २० र अम्मरे कामीले १९ मत प्राप्त गरेका छन । यस्तै कार्यपालिकाको महिला सदस्य पदमा एमालेबाट कमला बिकले ३३ अम्बि बिकले ३३ र पदमा बिकले पनि ३३ मत प्राप्त  गरेका छन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका अमृता बोहराले १९, पंचकली बुढाले १९ राधिका बिकले १९, उज्जादेवी बिकले पनि समान १९ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालय चौकुनेले जनाएको छ ।

यस अघि पालिका स्तरमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस बिच गठबन्धन भएता पनि कार्यपालिका सदस्य निर्वाचनमा भागबन्डा नमिल्दा एमाले– माओवादी बिच गठबन्धन भएको बुझिएको छ ।

चौकुनेमा कार्यपालिका सदस्य निर्वाचनमा, एमाले–माओवादी बिच गठबन्धन

कैद र जरिवाना भई फरार रहेका व्यक्ति

चौकुनेमा कार्यपालिका सदस्य निर्वाचनमा, एमाले–माओवादी बिच गठबन्धन

विद्यालयको जग्गा २८ बर्षदेखि कब्जामा

Leave a comment

Your email address will not be published. Required fields are marked *