विद्यालयको जग्गा २८ बर्षदेखि कब्जामा

सुर्खेत, १८ जेष्ठ ।
चिङ्गाड गाउँपालिकामा रहेको भैरव माध्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ बर्षदेखि एक परिवारको कब्जामा रहेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सुर्खेत चिङ्गाड गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित मिना कुमारी रोकायाको परिवारले विद्यालयको जग्गामा कब्जा गरेको हो ।

भैरव माद्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ वर्षदेखि उनको परिवारले कब्जा गरेको हो । विद्यालयको नाममा रहेको ९घ ÷८९ क्षेत्रफल ७–२–२–१ र ९घ÷९५ ०–५–०–१ जग्गा कुनैपनि सम्झौता, समन्वयबिना नै रोकायाको परिवारले भोगचलन गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रानाले उपाध्यक्षको परिवारले श्रीखेतमा रहेको आठ रोपनी जग्गा भोगचलन गर्दै आएको बताए । ‘असाध्यै उब्जनी हुने जग्गा हो । हामीले अहिले पढ्दै कमाउँदै कार्यक्रम लागू गरेका छौं । त्यसका लागि जग्गा आवश्यक पर्ने भएका कारण जग्गा छोडिदिन आग्रह गरेका छौं ।’

उनले भने, ‘हालसम्म उहाँहरुले जग्गा खाली गर्नुभएको छैन । सकेसम्म सहमति मै जग्गा फिर्ता ल्याउँछौं । नभए सरकारी जग्गा भएका कारण सरकारले नै खाली गराउँछ ।’ उक्त जग्गा २०४१ सालमा विद्यालयको नाममा दर्ता भएको हो ।

यता, गाउँपालिकाका उपाध्यक्ष रोकायाले भने आफ्नो बाजे परबाजेको समयदेखि नै भोगचलन गर्दै आएको दाबी गरेकी छन् । उनले भनिन्, ‘जग्गा विद्यालयको नाममा दर्ता भएको छ । विद्यालयले भागचलनका लागि माग्न आएमा दिन हामी तयार रहेका छौँ ।’

विद्यालयको जग्गा २८ बर्षदेखि कब्जामा

अब कृषियोग्य जग्गामा घर बनाउन नपाइने, तपाईंको

Leave a comment

Your email address will not be published. Required fields are marked *