महाअभियोग काण्ड, कांग्रेस संसदीय दलको बैठक बस्दैछ

काठमाण्डौं,३ फागुन ।
सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए।
यसै सन्दर्भमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। प्रतिनिधि सभा बैठक बुधबार बस्दैछ।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।


प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि ’काउन्टरमा’ केही न्यायाधीश विरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ ।
एमालेले प्रधानन्यायाधीश राणासँग संवैधानिक इजलासमा बेन्च सेयर गरेका चार जना न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरेको हो। मंगलबारसम्म कुनै न कुनै न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गरिने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताए।
प्रतिनिधिसभा नियमावलीअनुसार कुनै पनि न्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसदमा छलफल गराउनुपर्छ। सभामुखले छलफलपछि स्वीकृत गरेर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्छ। बहुमतले स्वीकृत गरेपछि महाअभियोग प्रस्ताव समितिमा जान्छ।

महाअभियोग काण्ड, कांग्रेस संसदीय दलको बैठक बस्दैछ

युक्रेनमा अतिक्रमणको चेतावनी, दर्जन बढी देशहरुले नागरिकलाई

महाअभियोग काण्ड, कांग्रेस संसदीय दलको बैठक बस्दैछ

सुर्खेतमा यथासिग्र लालपुर्जा दिइने : भूमि आयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds