‘मिस युनिभर्स २०२१’ को ग्रान्ड फिनाले कात्तिक गते १३ हुने

काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२१’ को ग्रान्ड फिनाले कात्तिक १३ गते शनिबार हुने भएको छ।

ग्रान्ड फिनालेको प्रत्यक्ष प्रशारण शनिबार बेलुका ६ बजेदेखि ९ बजेसम्म ‘इमेज टिभी एचडी’मा हेर्न सकिनेछ।

प्रतियोगिताको विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने छिन्।

केही दिनअगाडि काठमाडौंमा आयोजकले १६ प्रतियोगी सार्वजनिक गरेको थियो।

प्रतिस्पर्धीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकाको शिक्षालगायत विभिन्न सामाजिक मुद्दामा बनाइएको करिब ३ मिनेट लामो भिडियो सार्वजनिक गरेका थिए।

प्रतियोगितामा आइएमई एपबाट ‘मिस युनिभर्स नेपाल २०२१’ को पिपुल्स च्वाइस विधाका लागि भोटिङ गर्न सकिनेछ।

‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो।

गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन्।

‘मिस युनिभर्स २०२१’  को ग्रान्ड फिनाले  कात्तिक गते १३ हुने

सञ्चालनमा आयो काँक्रेविहार टे«डिङ कन्सर्न

‘मिस युनिभर्स २०२१’  को ग्रान्ड फिनाले  कात्तिक गते १३ हुने

कर्णाली प्रदेश गरीबी घटाउने लक्ष्यमा लागिपरेको :

Leave a comment

Your email address will not be published. Required fields are marked *