नेपाली कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आइतबार फेसबुकमा आफू कोरोना पोजिटिभ देखिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको, आज १० गते एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ भएमको हो । धेरै सतर्कताका वावजुद अन्ततः कोभिडले घेरी छोड्यो।’ उनले ८ गते ४ बजेसम्म आफुसंग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन ।






