धेरै कारोबार गर्ने कम्पनी

आइतबार नेप्सेमा सूचीकृतमध्ये २ सय ३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा किनबेच भएका छन् । यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३३ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । फरवार्ड माइक्रो फाइनान्सको संस्थापक सेयरको ३१ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेपाल बैंकको २१ करोड ३४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै मेगा बैंकको १७ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकको १७ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ७२ लाख रुपैयाँ, सानिमा बैंकको १५ करोड ७६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेरे छ । आज आइसिएफसी फाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।






