भारी वर्षाको कारण पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन भएको छ । टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल रोकीएको हो ।

खेल रोकीएसँगै दुबै टोलीले एक एक अंक पाएको छ । पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।





