कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि अयाेग्य

काठमाडौं : नेपालमा कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको पाइएकाे छ।

महालेखा परीक्षकको प्रतिवेदनमा चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको र इन्सूलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको उल्लेख गरिएकाे छ।

स्वास्थ्य सेवा विभागले एक आपूर्तिकर्ताबाट कोभिड १९ उपचारमा आवश्यक ११ प्रकारका औषधि खरिद गरि २ करोड ४३ लाख ६५ हजार भुक्तानी दिएकोमा आपूर्ति भएका औषधिको केमेष्ट्रि समेतको विज्ञ समितिबाट गुणस्तर परीक्षण गर्दा ४ प्रकारका औषधि सम्झौता अनुसार नभएको पाइएकाे हाे।

परीक्षणबाट ६ प्रकारमा औषधि गुणस्तर योग्य रहेको र इन्सुलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

खरिद गरेका रिएजेन्ट धेरै खेर गए

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खरिद गरेको प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने रिएजेन्टहरू धेरै खेर गएको पाइएको छ

महालेखाकाे प्रतिवेदन अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ७ करोड ५० गरेर खरिद गरेको विभिन्न परीक्षणको लागि खरिद गरिएको रिएजेन्टहरू ३ देखि ९७ प्रतिशत खेर गएको प्रसूति तथा स्त्रीरोग अस्पतालमा ४५. दशमलव ५१ प्रतिशत खेर गएको उल्लेख गरिएको छ।

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि अयाेग्य

अफगानीलाई मार्न बन्द गर्न अफगान क्रिकेटर खानकाे

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि अयाेग्य

अष्टिम्की पर्वमा अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *