जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

सुर्खेत । जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका ७ जना सकुशल भेटिएका छन्। शुक्रबार बिहान स्थानीय र प्रहरी टोलीले उनीहरूलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

‘हराएका सातै जना चिसोले कठाङ्ग्रिएको अवस्थामा भेटिएका छन्,’ उद्धार टोलीको भनाई उद्धृत गर्दै डीएसपी थापाले भने, ‘पाटनमै ओत लागेका रहेछन्। चिउरा र चाउचाउ खुवाएर ल्याउने प्रयास भइरहेको छ।’

जेठ ३१ गते गोठाला गएका कुशे गाउँपालिका–९ पैंकका ४० वर्षीय कृष्ण रोकाय, वडा नम्बर ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २८ वर्षीया चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १७ वर्षीया धनसरा खड्का र १२ वर्षीय भीम खड्का चार दिनदेखि सम्पर्कविहीन थिए। घर फर्कदै गर्दा हावाहुरी र वर्षा आएपछि सम्पर्कविहीन बनेका थिए ।

चार दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला सदरमुकामबाट प्रहरी र औलरिजाका स्थानीयहरू बिहीबार खोजीका लागि पाटन गएका थिए। झण्डै ४ हजार ६ मिटर अग्लो जलजला पाटन जुम्ला र जाजरकोटको सीमानामा पर्दछ। पाटनमा चराउन लिइएका गाई, बाख्रा र भैसीको अवस्था भने यकिन भएको छैन। ‘स्थानीयहरु त भेटिए तर पशुचौपायाको अवस्था बुझ्न सकिएको छैन,’ डीएसपी थापाले भने, ‘टेलिफोन नेटवर्क नभएका कारण राम्रोसँग कुराकानी हुन पाएको छैन।’

जाजरकोट सदरमुकामभन्दा बाहिर हप्तादिनदेखि टेलिफोन सेवा अवरुद्ध छ। उद्धार टोलीसँग भएको कर्लेक्स (प्रहरीको सञ्चार सेट)मा राम्रोसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

थाहै नदिई आफू रहेको विश्वविद्यालयको नाम परिवर्तन

जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds