विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सल्यान  । काम र दामको खोजीमा नेपालका धेरै युवाहरु विदेशमा भौतारिरहेका छन् । विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुखमा राख्ने सोचले युवाहरु विदेश पलायन हुन्छन्। तर, केही युवाहरु भने विदेशमा पाएको दुःखलाई छाडेर स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन् ।

गाउँका साथीहरु धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालीमाटी गाउँपालिका–४ नयाँवनका टंकबहादुर केसी पनि ऋण खोजेर आकर्षक कमाईको प्रलोभनमा तीन वर्ष मलेसिया बसे । त्यहाँ सोचेअनुसारको काम र दान नभएपछि उनले गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाले ।

आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोच जागेपछि स्वदेशमै फर्किएर व्यावसायिक बाख्रपालन गर्दै आइरहेको केसीले बताए । उनले १५ लाख रुपैयाँ लगानी गरेर १०० वटा बाख्रा पालन गर्दै आइरहेको छन्। बाख्रापालनबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए । ‘विदेश हुने आम्दानीभन्दा बढी बाख्रापालनबाट धेरै गर्दै आइरहेको छु,’ उनले भने, ‘विदेशमा गर्ने ड्युटी र परिश्रमबाट स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यावसायिक बाख्रापालनमा जुटेको छु ।’

विदेशमा जति परिश्रम गर्ने हो भने स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने कालीमाटीकै शशीकला वलीको अनुभव छ। व्यावसायिक बाख्रापालनबाट भएको आम्दानीबाट जग्गा समेत जोडेको उनले बताइन्। उनले भनिन्, ‘बाख्रापालनबाट भएको आम्दानीले सम्पूर्ण घरखर्च कटाएर बचेको पैसाले दुई लाखको जग्गा समेत किनिसकेकी छु ।’

सल्यान पहाडी जिल्ला भएकाले बाख्रापालनको निकै सम्भावना छ । चरिचरणको लागि प्रशस्त जंगल भएकाले पनि प्रत्येकको घरमा कम्तीमा चार देखि पाँचवटा बाखा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए। सल्यानमा १४१ भन्दा बढी किसानले फर्म नै दर्ता गरी व्यावसायिक बाख्रापालन गर्दै आइरहेको उनले जानकारी दिए ।

‘सल्यानमा वार्षिक ८० हजार खसी बोका बिक्री हुने गरेको छ । जसमा ४० हजारभन्दा बढी खसी बोका जिल्लाबाहिर निकासी हुने गरेको छ,’ उनले भने, ‘बाँकी ४० हजार जिल्लाभित्रै खपत हुने गरेको छ। बाख्रा बिक्रीबाट मात्रै वार्षिक १६ करोड रुपैयाँ सल्यान भित्रिने गरेको छ ।’

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा

Leave a comment

Your email address will not be published. Required fields are marked *