सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा भएन कञ्चनपुरका दुई पुल

कञ्चनपुर । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता सकिएको तीन वर्ष पूरा भए पनि कृष्णपुर नगरपालिका–१ पहरिया–सुन्दरीफाँटा जोड्ने खारखोला र सुन्दरीफाँटा–दोमिल्ला जोड्ने ओदाल खोलाका पुल अझै निर्माण पूरा भएको छैन ।

त्यस क्षेत्रमा पुन नहुँदा स्थानिय बासिन्दाले सास्ती खेप्दै आएका छन्। ज्यान जोखिमा राखी बाढी आएको खोला तर्न बाध्य छन् । दुवै पुल निर्माणका लागि २०७३ भदौ १७ मा थेगिन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण पूरा नभएको स्थानीय अर्जुन साउदको आरोप छ ।

‘आज, भोलि भन्दै पुल निर्माणमा विलम्ब गरिँदै आएको छ,’ उनले भने, ‘पुल निर्माण पूरा नगरिए ठेकेदार कम्पनीविरुद्ध संघर्षमा उत्रिन बाध्य हुने छौं।’ स्थानीयले ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने समेत माग गरेका छन् ।

दुवै पुलको ठेक्का भएको दुई वर्षभित्रै अर्थात् २०७४ फागुन १५ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग खारखोला पुलका लागि ६ करोड ६९ लाख ६७ हजार र ओदाल खोला पुलका लागि ५ करोड ४७ लाख ४ हजार २०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले समयमै पुल निर्माण गर्न सम्बन्धित निकायलाई भने पनि सुनुवाइ नभएको बताए। ठेकेदार कम्पनीलाई पनि ताकेता गर्दै आएको उनको भनाइ छ।

‘पुल निर्माणको कार्य पूरा गर्न सम्बन्धित निकायलाई पटक–पटक भनेका छौं। सुनवाइ हुन सकेको छैन,’ उनले भने, ‘दुवै पुलको ठेक्का पाएको थेगिन कन्ट्रक्सनलाई समेत निर्माण कार्य निर्धारित समयमा पूरा गर्न तोकता गर्दै आएका छौं ।’

निर्माण कम्पनीका साइड इन्चार्ज प्रकाश पाण्डेयले सबै सामग्री आइसकेको र अबको केही दिनमै पुलको ढलानको कार्य सुरु हुने बताए। अहिले वर्षातको कारण र निषेधाज्ञाले गर्दा पुल समयमै निर्माण हुन नसकेको उनको भनाइ रहेको छ ।

सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा भएन कञ्चनपुरका दुई पुल

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा भएन कञ्चनपुरका दुई पुल

घुँयत्राे : विचार र दुरदर्शिता नभएका नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *