घुँयत्राे : कर्नालीको बजेट जनता लागि “कौवालाई बेल पाक्यो, हर्ष न बिस्मात“ भन्या जस्तै हो

अहिले प्रदेश सरकार खाईनखाई बजेट ल्याउन जुट्या छ । सांसदहरु आफ्नाे जिल्लाँ बजेट पार्न दौडादौड गरेकै छन् । हिजो आँफु सत्ताँ हुँदा बजेट भन्या कुन चरीको नाम हो भन्ने सरोकारसम्म नराख्ने नेतारुनी चुनाउका कारण बजेट चाइयो भनेर सरकारलाई मागपत्र बुझाएर फोटो खिच्या देख्खियो ।

कर्नालीयाँ विगत तीन बर्षदेखि त्यै सरकारले बजेट ल्याछ र ऐल्या सरकार नी त्यै सरकार हो । बाख्राँ बजेट हाल्यो बाख्रा नकिनेरै झ्याप, भैंसियाँ बजेट हाल्यो २÷४ दिन अर्का भैंसी गोठाँ बानेर झ्याप, बोटबिरुवाँ पैसा हाल्यो नर्सरीबाटै झ्याप, सडकाँ पैसा हाल्यो नखनेरै झ्याप अरु के के कति कतिको बयान गरम् सरकारले आँफुले खान मिल्ने गरा बजेट जति सारा सखाप ।

तर जनता लागि खर्च गरिनुपर्ने शीर्षकका रकम जति सबै फ्रिज । यस्तो राम्रो नाम कमाको यो सरकारले अब आउने बजेटाँ त्यस्तो के उधुमै गर्ला र दौडादौड गरेर रकम  माग्नु पर्याे र ? हाम्रो क्षेत्रा नेता यामलालजी नि बजेट चाईयो भनेर मुख्यमन्त्रीकाँ घुँडा टेक्या देख्खियो । हिजो पनि तपाईं त्यैँ हुनुहुन्थ्यो ।

तपाइँको सरकारले कति रकम छुट्याथ्यो र ? कति खर्च गर्या देख्नु भा कै त छनि अनि आजको सरकार पनि त त्यै हो, तपाँइहरु न अलग हुनु भा हो । यस्तो सरकारसित रकम मागेर त्यो सरकारले काँ रकम दिन्छ र काँ खर्च गर्नुहुन्छ ? तीन वर्षा यिनीहरुले हाम्लाई उनहरुको निचता देखाई सक्याछन् । त्यसैले यो बजेट आउनु नआउनु कस्तो आउनु कुनै कुरा जनताले सरोकार राख्दैनन् ।

किनभने उनीहरुले बुझ्याछन् हिजोको बजेट जसरी कृषि मन्त्री र मुख्यमन्त्रीको भो, त्यसैगरी आजको बजेट कुनै मन्त्रीका लागि होला जनताका लागि हुने त हैन । यसकारण पनि प्रमुख प्रतिपक्षीदलका नाममा माग्या बजेटको केही अर्थ होला जस्तो मलाई लाग्दैन । अहिलेका चाहे प्रदेशका सरकार हुन वा केन्द्रका यी जनताका निम्ति बनेकै हैनन् । जनताले यिनरुबाट के आश गर्ने ? कर्नालीको बजेट जनता लागि “कौवालाई बेल पाक्यो, हर्ष न बिस्मात“ भन्या जस्तै हो ।

वेदर्षि

तपाईको प्रतिक्रिया