ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी बिरामीको कान उपचार

बाँके ,१४ असार ।
नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ हजार भन्दा बढी बिरामीले सेवा लिएका छन् । समुदायस्तरबाट सञ्चालन भइरहेको यो संस्था नेपालकै कान रोगको उपचारमा विशेषज्ञता हासिल गरेको एक मात्र सामुदायिक अस्पतालका रुपमा परिचित छ । अस्पतालका प्रबन्ध निर्देशक चेतनारायण चौधरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म ३६ हजार ४३ जना बिरामीले ओपिडी सेवा लिएका छन् ।
तीमध्ये २३ हजार २१९ जना महिला र १२ हजार ८२४ जना पुरुष रहेका छन् । यसबाट पुरुषको तुलनामा महिलाको सेवा उपयोग उल्लेख्य रुपमा बढी रहेको देखिएको छ । सोही अवधिमा अस्पतालले ६७० वटा शल्यक्रिया सम्पन्न गरेको छ । तीमध्ये ४०१ जनाको टिम्पानोप्लास्टी (कानको जाली फेर्ने शल्यक्रिया), २१७ जनाको एमआरएम (कानको हड्डी खाने रोगको शल्यक्रिया) तथा ५५ जनाको माइनर शल्यक्रिया गरिएको चौधरीले जानकारी दिनुभयो । ब्रिनोजमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बिरामीसँगै सीमावर्ती भारतबाट समेत उपचारका लागि आउने गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बाँकेबाट २२ हजार २१३, बर्दियाबाट ३ हजार २२, सुर्खेतबाट १ हजार १०२, दाङबाट ८६३, कैलालीबाट ८५४, जाजरकोटबाट ४५०, सल्यानबाट ३९४, दैलेखबाट २८७, रुकुमबाट २६९, जुम्लाबाट ३८, डोल्पाबाट ३६ र हुम्लाबाट २७ जनाले सेवा लिएका छन् । त्यस्तै ६ हजार ५७४ जना भारतीय नागरिकले पनि अस्पतालबाट उपचार सेवा लिएका छन् भने अन्य जिल्लाका १९७ जना बिरामीले सेवा उपयोग गरेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट ३५ हजार ५३७ जनाले ओपिडी सेवा लिएका थिए भने ७८४ वटा शल्यक्रिया गरिएको थियो । यस वर्ष ओपिडी सेवा लिनेको संख्या बढेको छ ।
अस्पतालमा हाल दुई जना ईएनटी (नाक, कान, घाँटी) विशेषज्ञ शल्य चिकित्सकबाट दैनिक ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । आकस्मिक सेवाका लागि ‘अनकल’ चिकित्सकको व्यवस्था समेत गरिएको चौधरीले बताउनुभयो ।

ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी बिरामीको कान उपचार

खेती विस्तार गर्न संगठित भए सुर्खेतका कफी

ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी बिरामीको कान उपचार

ब्रिनोजमा ११ महिनामै ३६ हजार भन्दा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *