डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

काठमाडौं, ६ असोज ।

अनसनकै क्रममा काठमाण्डौ आउनुभएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट काठमाण्डौ आउनुभएका उनलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताए । शिक्षण अस्पताल महाराजगञ्ज जान लागेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताए ।

शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ । गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गरेका केसी सोमबार नेपालगञ्ज आएका थिए । जहाज नपाएपछि सोमबार उतै रोकिनुभएका उनी मङ्गलबार काठमाण्डौपुगेका हुन् । अनसनलाई निरन्तरता दिने बताएका छन् ।

उज्यालो अनलाइनबाट साभार

डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

टमाटरले बजार नपाउदा किसान चिन्तित

Leave a comment

Your email address will not be published. Required fields are marked *