टमाटरले बजार नपाउदा किसान चिन्तित

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ६ असोज ।

रुकुम पश्चिममा टमाटारले बजार नपाउँदा किसान चिन्तित भएका छन् । रुकुमपश्चिमका ६ वटै स्थानीय तहले आआफ्नो वडामा किसानहरुलाई आत्म निर्भर बनाउनको निम्ति टनेल , सिर्जना जातका टमाटर, मुलाभाजीको बिउ १ वडामा ३ किसानलाई उपलब्ध गराईदिएको थियो । त्यसको सिको गर्दै वडाका अरु किसानले आफ्नै लगानीमा सामान खरिद गरि टमाटर खेति गरेका चौरजहारी वडा नम्बर ९ का किसान डिल्ली कंवरले बताए ।

कर्णाली प्रदेशको कृषि, भुमि तथा सहकारी मन्त्रालयको सहयोगमा बाफिकोट गाउँपालिका वडा ४ का विभिन्न टोलमा स्यार्पुताल पकेट नाम दिएर किसानलाई आत्मनिर्भर बनाउनको निम्ति टमाटर खेति संचालन गरेको बताएको छ । प्रदेश सरकारको ९ लाख लगानीमा ८० वटा टनेल र तरकारी खेतिमा प्रयोग हुने बिभिन्न किसिमका बिउहरु, स्प्रे खरिद गरि किसानलाई हस्तान्तरण गरिएको बाफिकोट कृषि बिकाश शाखाले जनाएको छ ।

किसानको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत लगानीमा निर्माण गर्ने गरि सम्झौता भई काम सम्पन्न गरेर तरकारी टमाटर बेच्ने गरेको किसान थलाबिर खड्काले जानकारी दिए । बाफिकोट ४ का किसानहरुले झन्डै ८ रोपनी जग्गामा टमाटर खेति गरेका छन । पहिला टमाटर नभएको बेला १५० रुपैया पर्ने टमाटर आजभोली ८० रुपैयामा पर्ने गरेको स्थानीय किसान लोक बहादुर बुढाथोकीले बताए ।

बजारमा भाउ पाएपछी उनीहरुको पारिश्रमिकको दुख्ख उठ्ने बताएको छ । करिब उनीहरुले १० दिनमा टमाटरको घर निर्माण गरेका थिए । टमाटरको बजारको मुल्य कहिले बढ्ला भन्दै किसान चिन्तित बनेका छन । उनीहरुले टमाटरको मुल्य खोजिदिन स्थानीय सरकारलाई माग समेत गरेका छन ।

टमाटरले बजार नपाउदा किसान चिन्तित

डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याइयो

टमाटरले बजार नपाउदा किसान चिन्तित

सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *