रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते  

रोल्पा, २९ साउन । 

अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका छन् ।  

कार्यालयले दिएको जानकारीअनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएको थिए । गए राति नै घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारार्थ स्वास्थ्य संस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोबाट छ घर/गोठ क्षति पुगेको छ । 

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते  

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते  

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *