कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै

सुर्खेत, ६ फागुन । 

कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेत वीरेन्द्रनगरमा ‘सीपमा आधारित बृहत् सिकाइ मेला’ सञ्चालन हुने भएको छ । सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुनेगरी सिद्दपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–१० सुर्खेतले आफ्‌नो १८ औँ स्थापना दिवसका अवसरमा यही फागुन ७ गते ‘सीपमा आधारित सिकाइ मेला’ सञ्चालन गर्ने भएको हो ।

उक्त स्कुलका प्राचार्य नैनसिंह खत्रीका अनुसार अध्ययन अध्यापनक सीपमा प्रवर्‌द्धन गरी सिकाइ प्रक्रियालाई परिणाममुखी बनाउने ध्येयका साथ मेलाको आयोजना गरिएको बताए । मेलामा सांस्कृतिक परिकार एवं पाकशिक्षा सीप अभ्यास, सांस्कृतिक झाँकी एवं नृत्य सीप अभ्यास, परम्परागत सीप र प्रविधि प्रत्यक्षीकरण, करेसाबारी तथा कौसीखेती अभ्यास, व्यावसायिक तथा मर्मत, आपत्‌कालीन सुरक्षा, दैनिक जीवन व्यवहार आत्मनिर्भर, आधुनिक विज्ञान तथा प्रविधि, प्रतिभा पहिचान तथा प्रस्तुतिलगायत विविध सीपमूलक अभ्याससँग सम्बन्धित गतिविधि तथा प्रस्तुति राखिने उनले जानकारी दिए ।

उक्त कार्यक्रमले परम्परागत रूपमा सञ्चालनमा आएको शिक्षण प्रणालीलाई सूचना र प्रविधिले ल्याएको परिवर्तनसँगै त्यसलाई मानव जीवन व्यवहारमा उतार्न तथा शिक्षामा नवीन प्रविधि तथा अभ्यासलाई प्रयोगमा ल्याउन सहयोग पुग्ने प्राचार्य खत्रीले विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै  

कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै

लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीको फायर 

Leave a comment

Your email address will not be published. Required fields are marked *