४० डिग्रीको घाममा ‘हिलो’ खोज्दै सरकार : धानभन्दा फोटो धेरै रोपियो !

चाणक्य

पुराना हुनकि नयाँ याे देशाँ भष्टाचार र बेथिति निम्त्याउन काेहि भन्दा काेई कम छैनन । असार १५ कै कुरा गरम्न देशभर ४० डिग्री तापक्रमले मान्छे घरबाट निस्कन सक्या छैनन । तर , नयाँ भनम् कि जेनजीकाे सरकार ,उ भने असार १५ लाग्नु १/२ दिन अघि देशभरका ७ सय ५३ वटै स्थानीय निकायका नाममा असार १५ काे धानदिवस भब्य रुपमा मनाउन उर्दि गर्छ । यतिभएछि स्थानीय नेतालाई ” ढुङ्गा खाेज्दा देउता मिल्या ” जस्ताे भैगाे नि ! असारका मैनाँ २/४ पैशा भएनि कताट आउला भनेर मुख बायर बस्या नेता र कर्मचारीलाई सरकारले नै विना पानी राेपाईँ गरेर धान दिवस मनाउनु भन्देछि उनरकालागि त त्याे माथिकाे उखान तिनकै लागि बन्याजस्ताे भैगाे नि । अनि त्यै निहुमा कम्तिमा याैटा भिखारीनै गाउँ पालिका रैछ भनेनि ५० हजार त मामुलि रुपाँ खर्च गर्ने बिल भर्पाई मिलाउँछन मिलाउँ छन। अँझ मधेसी नेताहरकाे फेला परेत के हुन्छ के हुन्छ ह्याँ कुरागरि साध्यछैन । अनि त्यै पचासै हजारकाे खर्चको हिसाब गर्दानि ३ कराेड ७६ लाख पचास हजार खर्च हुँदाे रैछ । धनिमानि नगर र उपमहानगर पालिकाले त कम्तिमा ३/४ लाखनै खर्च गर्छन हाेला । अनि त्यल्ले हुने खर्चले कम्तिमा याैटा गर्जाे टर्थ्याे हाेला खै त्यता साेच्या ? सरकारी सन्चारमाध्यमलेनै साता अघिदेखि दैनिक ४० डिग्री तापक्रम हुने कुरा फलाकि रा छनभने १५ गते एका बिहानैकाे समाचाराँनि पानी पर्ने कुरा कतैछैन बरु दिनमा ४० डिग्री तापक्रम हुने र घरबाट बाहिर ननिस्किन उर्दि गर्छ ।तर , राम्रो कुरातिर हेक्का नराख्ने नेता र कर्मचारीका कारण देश र जनताले कति सास्ति ब्यहाेर्याछन त्याे त ब्यहाेर्ने मान्छेलाई नै थाहा हाेला । साँच्चै भन्ने हाे भने याे बर्ष धानदिवस मनाउने कुनै वातावरणनै थिएन । पानी नपरेर सारा जमिन सुख्खा र धुलाे उडने भएका थिए । किसानले बीउ राख्ने माैकै पाएका थिएनन । धान उत्पादन हुने ठाउँ र वास्तवमा धानदिवस मनाउन कार्यक्रम राख्ने ठाउँमा ४० डिग्री तापक्रम ले मान्छे घर बाहिर निस्कने अबस्था थिएन । तर पनि लाजै नमानेर धान दिवस मनाएका फाेटाेहरु सामाजिक सन्जालाँ आए । यतिसम्मका फाेटाे देखिएकि जहाँ धान राेपेका छन त्यसकाे तल्लाे माथिल्लाे गडाे बुङबुङति धुलाे उडेकाेछ । तर राेपाईँ गरेर ठूला मान्छेलाई धानदिवस मनाउन दिन याैटा गडाे बाहिरबाट पानी बाेकेर ल्याएर राेपाईँ गरिएकाेछ । अनि राेपाईँ गर्ने राेपारहरु कतै सेताे टिसर्ट त कतै हरियाे टि सर्टमा सजिएर हाताँ धानकाे बीउलेर गडाे भित्र पस्या देखिन्छन तर, त्याे हिलाे गडाेमा सामान्यरुपमा खुट्टाका पैताला पनि डुबेका हुन्नन् । यस्ताे दुर्दशामा किन राेपाईँ दिवस पूरा भब्यरुपमा मनाउने भनेर सरकारलेनै विशेष उर्दि गर्या हाेला अनि मन्त्रीदेखि माननीय सम्मले त्याे कार्यक्रमाँ जान लाज मानेनन् । हामी जस्ता सामान्य मान्छेले बुझ्नै सकेनाैँ । के जनताले घण्टीकाे सरकारलाई यसकै लागि दुई तिहाईकाे सरकार द्या हाेलान ?! सरकारले याे ४० डिग्रीकाे तापक्रममा धान दिवस मनाउन उर्दि गर्नु अघि किसानले आफ्नाे आबस्यकता अनुसार सिचाई, मलबिउ र किटनासक आैषधि तथा खेत खनजाेत गर्ने आैजार पाए हाेलान कि नाई भनेर त्यसकाे खाेजिनिति गरे हाेला किनाई ? नयाँ हुनकि पुराना दलहरु काेहि पनि नत किसान नत ब्यवसायी कसैकाे कुरा सुन्दैनन । त्यसरि सुन्ने भए किसानले मलबिउ पाएनम् भनेर सन्चार माध्यममा रुवासी गरेकै छन् खै त उनरकाे आबस्यकता सुन्द्या कि त राेपाईँ दिवस मनाएर बल्ल किसानका कुरा सुन्ने हाे र ! जयहाेस सरकारकाे ।
“बिरसिक्का”

४० डिग्रीको घाममा ‘हिलो’ खोज्दै सरकार : धानभन्दा फोटो धेरै रोपियो !

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

४० डिग्रीको घाममा ‘हिलो’ खोज्दै सरकार : धानभन्दा फोटो धेरै रोपियो !

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’

Leave a comment

Your email address will not be published. Required fields are marked *