लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ ,१६ असार ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं भोली बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन् ।
बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरी मन्त्री कार्कीले‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको छ ।

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

‘करारखेती प्रवद्र्धन कार्यक्रम’ बाट कृषकलाई राहत 

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

४० डिग्रीको घाममा ‘हिलो’ खोज्दै सरकार :

Leave a comment

Your email address will not be published. Required fields are marked *