निर्धारित समयमै जुम्लाका सबै स्थानीय तह ल्याए बजेट

गाेल्डेन बुढा

जुम्ला,१०असार।
जुम्लाका सबै स्थानीय तहले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसहित नीति तथा कार्यक्रम ल्याएका छन्। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन्।शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट र नीति कार्यक्रम सार्वजनिक गरेका हुन्। जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिका ले आगामी आर्थिक वर्षका लागि ५९ करोड ४६ लाख ७१ हजार ४ सय २७ रुपैयाँको बजेट ल्याएको छ। तातोपानी गाउँपालिका ले ५४ करोड २८ लाख ८ हजार रुपैयाँ, पातारासी गाउँपालिका ले ४५ करोड ४६ लाख ६ हजार ५ सय ३९ रुपैयाँ र तिला गाउँपालिका ले ५० करोड ५१ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।यस्तै हिमा गाउँपालिका ले ४३ करोड ७९ लाख ६६ हजार रुपैयाँ, सिँजा गाउँपालिका ले ४५ करोड ४८ लाख १८ हजार ५ सय ५७ रुपैयाँ तथा कनकासुन्दरी गाउँपालिका ले ४५ करोड १२ लाख ७७ हजार ९ सय ७४ रुपैयाँको बजेट ल्याएका छन्। गुठीचौर गाउँपालिका ले भने असार ९ गते नै २३औँ गाउँसभामार्फत ३८ करोड ३६ लाख ८३ हजार १ सय ३२ रुपैयाँको बजेट पारित गरिसकेको छ।स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ। प्रदेश सरकारले असार १ गतेभित्र र स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने प्रावधानअनुसार जुम्लाका सबै स्थानीय तहले समयमै आफ्नो दायित्व पूरा गरेका हुन्।

प्रचलित कानुनी व्यवस्थाअनुसार प्रत्येक गाउँपालिका तथा नगरपालिकाले असार १० गतेभित्र आफ्नो वार्षिक बजेट सम्बन्धित सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्थानीय तहलाई आफ्नै बजेट निर्माण, स्वीकृति र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ। यही व्यवस्थाअनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटलाई अन्तिम रूप दिएका छन्।संविधानको धारा २२८ अनुसार बजेटसँग सम्बन्धित आर्थिक विधेयक पारित नभएसम्म स्थानीय तहले नयाँ कर लगाउन वा ऋण लिन पाउँदैनन्। त्यसैले निर्धारित समयभित्र बजेट निर्माण, प्रस्तुति र स्वीकृतिलाई स्थानीय सरकारको सबैभन्दा महत्वपूर्ण संवैधानिक तथा प्रशासनिक जिम्मेवारीका रूपमा हेरिएको छ।

निर्धारित समयमै जुम्लाका सबै स्थानीय तह ल्याए बजेट

घुयँत्राे:ओलीको बाटो हुँदै रविको राजमार्ग ?

निर्धारित समयमै जुम्लाका सबै स्थानीय तह ल्याए बजेट

चन्दननाथमा ५९ करोड भन्दा बढी बजेट सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *