घुयँत्राे:ओलीको बाटो हुँदै रविको राजमार्ग ?

हिजाेसम्म संसारकाे सबैभन्दा क्रुर,अधिनायकवादि, अहंकारी,घमण्डि , निर्दयी ,भष्टाचारी,दलाल र बिचाैलियाहरुका माईवाप भनेर के पि शर्माकाे नाम लिन्थे त मान्छेहरु । तर वलि भन्दानि खतनाक रबि लामिछाने रैछन भन्न लाए त मान्छेले हँ ! पाटिकाे चुनाबाँ जसरि वलिकाे विरुद्ध चुनाब लडने नेतालाई गाडाे उठनै नपाउने गरि धस्याधस्यै गरिन्थ्याे र त्यसबेला वलिका सिकार सुदुर पश्चिमका एमालेका कमान्डर डा. भीम रावल भाथे त्यसैगरि रास्वपाका नेता रबि लाम्छानेलेनि आफ्नाे विरुद्ध चुनाब लडने याैटा मधेसी जेनजीलाई सिकार बनाए भन्छन त ! चुनाबाँ म पनि अध्यक्षाँ चुनाउ लडछु भनेछि रविले मलाई महाधिवेशन प्रतिनिधिबाट सफाया गरेर मलाई चुनाब लडनै देनन् भनेर सामाजिक सञ्जालाँलपूरै रुवाबासी गर्याछत हँ । साँच्चै चुनाब लडने भनेछि रबिले चुनाब हार्ने कुरै भएन । आखिर उनले रास्वपा पाटि बनाउन त्यसलाई जाेगाउन र कार्यकर्ताकाे संरक्षण गर्न कुनै कसर बाँकि राख्याथेनन । आफू सहकारी ठगिमा अनेकन जेलकाे बसाई र अदालतहरुका दाैडाईमा रहँदासमेत साथीहरुलाई ढाढस दिएर कत्ति पनि विचलित नभएर पाटिचलाउन उनले दिएकाे आडभराेशा अन्य नेताका लागि कत्ति पनि कम थिएन । उनलाई लागेकाे मुद्दा तिर्नु पर्ने रकमकाे मागदावि अनि चारैतिरबाट अँठ्यार जीवनमा कैल्यै पनि जेलबाट नछुटने जस्ताे भयाबह अबस्थामा समेत एकआध सागथिहरुमात्र उनिबाट छुटेर गएका तर खरु सबैले अध्यक्ष कुनै न कुनै दउन जेलबाट छुटेर पाटि सम्हाल्ने छन र हाम्राे र हाम्राे पाटिकाे राजनीतिक जीवनमा फेरि उज्यालाे छाउनेछ भनेर कार्यकर्ताले त्यत्राे आश लगाएका नेताले निर्विरोध अर्थात मेराे प्रतिद्वन्द्वी नै छैन भन्ने देखाउन प्रजातान्त्रिक मूल्य र मान्यतालाई लत्याएर आफ्नाे विरुद्धमा उठन पाउने अर्काे कार्यकर्ताकाे प्रजातान्त्रिक हक खाेस्नका लागि प्रतिनिधिबाटै उडाईदिए भन्ने सुन्दा अचम्म लाग्याे । यदि यस्तो हाे भने त याैटा कमिनिष्टकाे अहंकारी नेता वलि र रबि लामिछानेमा के अन्तर देखियाे त ! हिजाेका दिनदेखि वलिले रावललाई लखेटन थालेछि जसरि उनी र उनकाे पाटि जनताट लखेटिँदैलगै रहेकाेछ भाेलि रबि र रबिकाे पाटि नलखेटियला भन्ने ग्यारेन्टी कसैले दिन सक्ला र ? हिजाे काँग्रेस कमिनिष्टलेनि त हाम्राे बिकल्पदछैन भनेर जनता र कार्यकर्ताकाे अपमान गर्दा गर्दालजेनजी भन्ने जमात जन्मियाे र तिनकानेतादेखि पाटिसम्म खरानी भए त्यसैगरि रास्वपा अनि त्याे भित्रका रबि र बालेनकाे जनता र कार्यकर्तामाथि अपमान गर्ने शैली झाङ्गिँदै गयाे भने भाेलि फेरि यिनका विरुद्ध पनि त कुनै जमात वा शक्ति उठेर आउन सक्छ र यिनरलाईनि बाढिले बढारेझैँलबढारेर लग्न सक्छ । त्यसैले जनताले रास्वपालाई दिएकाे मतकाे अपमान र कार्यकर्ताकाे अधिकारकाेविरुद्ध हुनेगरि कहिँ कसैले आफ्नाे गतिविधि अघि बढाउनु हुँदैन । अन्यथा ऐलेका काँग्रेस एमालेकाे हाल जस्तै भाेलि रास्वपाकाे हाल हुन सक्छ । नेताहरुमा चेतना भया ।
” बिरसिक्का”






