अनियन्त्रित स्कुटर दुर्घटनामा चालकको मृत्यु

गाेल्डेन बुढा

जुम्ला ,२ साउन ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला सडकखण्डको चन्दननाथ नगरपालिका–६ बसपार्क क्षेत्रमा शनिबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दैलेखको दुल्लु नगरपालिका–३ निवासी करिब ४८ वर्षीय मिनबहादुर साउदले चलाएको क.प्र.०१–००१ प २७८२ नम्बरको स्कुटर जुम्ला बजारबाट नाग्म–रारातर्फ जाँदै गर्दा साँझ करिब ७:०५ बजे आफैं अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको थियो।दुर्घटनामा साउदको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइए पनि उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।घटनापछि प्रहरी निरीक्षक खनालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

अनियन्त्रित स्कुटर दुर्घटनामा चालकको मृत्यु

मनसुन ढिलो सक्रिय हुँदा बर्दियामा ९० प्रतिशत

अनियन्त्रित स्कुटर दुर्घटनामा चालकको मृत्यु

बिना धितो किसानलाई ४८ करोड कर्जा

Leave a comment

Your email address will not be published. Required fields are marked *