घुयँत्राे:“घर जल्यो, मत जलेन—पुरानै दल बलियो !”

बंगला देशाँनि नेपालाँ जस्तै उत्पात मच्याएर आन्दोलन भयाे । राष्ट्रपतिदेखि राजनीतिज्ञ कसैका घर जल्न बाँकि रहेनन भने त्यहाँ त धार्मिक दङ्गा समेत भडकियाे प्रधानमन्त्रीलाई समेत देश छाेडन बाध्य पारियाे । बंगलादेश मुस्लिम देश भएकाेले त्यहाँ बस्ने हिन्दुलाई हिन्दु भएकै कारण मुस्लिमहरुले उनिमाथि टूलाे दमन र अत्याचार गरे कतिले देश छाेडेभने कति मन्दिर भित्रै पाेलिय अनि कति भागेर ज्यान जाेगाय । यस्ताे दर्दनाक अबस्थाकाे आन्दोलन जेनजीले गरेकि ती दिन सम्झिँनि बङ्गालिहरुकाे आङसिरिङ्ग हुन्छ । त्यसाे त नेपालकाे भदौ २३/२४ काे आन्दोलन ऐले सम्झिँदानि डरलाग्छ । त्यसरि समूल परिवर्तन गर्ने उद्देश्यका साथ भएकाे वंगला देशकाे आन्दोलनकाे चुनावि परिणाम भने कल्पनै नगरेकाे निस्कियकाेछ । जस्ले आन्दोलन चलायका थिए र चुनाबमा बहुमत ल्याउने लक्ष्यका साथ चुनाब लडेका जेनजीहरुकाे नयाँ दलले जम्मा ६ सिट मात्रै जितेकाेछ भने पुरानाे पाटि ले दुईतिहाई मत ल्याएकाेछ ।
हाम्राे देशमा पनि त्यस्तै ताेडफाेड र आगजनि गरेका पाटिहरु देशमा बहुमत व्याउँछम् भनेर लागेका छन । ऐलेसम्मकाे अबस्था हेर्दा नयाँ दलका जेनजीहरुलाई जनताले पत्याएकाे देखिँदैन । नेपालमा पनि परिणाम आखिर पुरानै दलकाे मुट्ठिमा जानेजस्ताे देखिन्छ । बंगला देशकाे चुनाबमा भने याैटा पाटिले दुई तिहाईनै परिणाम ल्याएर चुनाब जितेकाले त्यहाँकाे राजनीति भने स्थिरतातिर जाने देखिन्छ भने नेपालकाे संवैधानिक ब्यबस्थाका कारण कुनै पनि दलले हमेशा बहुमत सम्म ल्याएर नि याैटै दलले सरकार बनाउन सक्ने स्थिति छैन । त्यसैले पनि नेपालमा २१ फागुनकाे निर्वाचन पछि चुनाबमा केही सिट जित्न सक्ने नेपाली काँग्रेस , एमाले,नेकपा, राप्रपा र मधेसका दलमिलेमा सरकार बन्ने र काेहि पनि मिल्न सकेनन भने पुन चुनाब गर्नु पर्ने बाध्यताछ र त्यस्ताे चुनाबपनि कति पटक गर्ने भन्ने समस्या आउन सक्छ तर संविधान उहीँ भएकाेले त्यै समानुपातिकले बहुमत पुग्न नदिने अबस्थामा त्यसलाई कसरी हटाउने भन्ने विषयै दलहरुवीच ठूलाे टकराव देखिन सक्छ । आँफुले बनाएकाे संविधान संसाेधन गर्न नदिने दाउमा प्रचण्ड छन । सदनमा प्रतिनिधितब गराउने संख्याकै विषयमा ठूलाे मतभेद छ ।जनता समानुपातिक पनि नराख्ने र संख्यापनि ७७ जिल्लाबाट १/१ जना भन्दा बढि प्रतिनिधि नबनाउने भन्छन तर दलहरु आफ्ना कार्यकर्ताहरुलाई भाग पुर्याउन बढिभन्दाबढि प्रतिनिधित्व गराउन चाहन्छन । यहि कुराका कारणनै देशमा अस्थिरता पैदा भएकाेछ तर देशमा जबसम्म स्थिर राजनीति हुँदैन तबसम्म त्यहाँका जनता कैल्यै सुखि हुन सक्दैनन नत देशले प्रगति नै गर्न सक्छ ।
समानुपातिकका नाममा नेताहरुले देशमा भित्र्याएकाे राजनीतिले देश भड्खालाेमा पर्ने स्थिति आईसकेकाेछ । त्यसैले यसलाई बचाउन कसरप सकिन्छ त्यतातिर साेच बनाउन सक्नेहरुलाई चुनाबमा सरकार बनाउने गरि मत दिन सकेनम् भने हामी अर्काेपटक फेरि जल्नेछम् अनि ती जेनजीहरु देश जलेकाे हेरेर फेरि खित्का छाेडेर हाँस्नेछन । के फागुन २१ ले देशमा आउने याे दुराबस्थालाई तर्काउने गरि काम गर्न सक्ला ।






