घुयँत्राे:“गगनको जिद्दी, काँग्रेसको सिद्धि—दुई टुक्रा, प्रेसविज्ञप्ति दैनिक!”

काँग्रेस दुई टुक्रा भयाे गगनकाे जिद्दिले । २ मैनामात्रै पर्खिएर महाधिवेशन गरिदपएकाे भए ऐले दिनहु कानुनी र गैरकानुनी भनेर प्रेसविज्ञप्ति निस्किन्थेनन हाेला । तर चुनाबि परिणामले बढारिने परिणाम त फरक पर्थेन । यस्ताे दुखद चुनाबि परिणाम निस्कँदानि काँग्रेसीहरु अँझै पनि मिल्ने बाटाे डाेरिएका छैनन । एकले अर्काेलाई दाेषाराेपण गर्ने र सदियाैँदेखि काँग्रेस बनेर बसेका मान्छेहरुका सदस्यता खाेसेर अब सबैलाई नयाँ सदस्यता दिने गगन थापाकाे घाेषणाले पुराना सद्स्य जाे पन्चायतकालदेखि सरकारकाे ताराे बनेर जिवनमरणकाे जिम्मेवारी उठाएर सदस्य बनेका सदस्यताकाे समेत खिल्लि उडाउँदै नयाँ सदस्यता लिने मात्रै सदस्य अरु अर्थात गगन बाहेक अरुले दिएकाे वा सहि गरेकाे सदस्यताबाहेक अरु अमान्य हुनेगरि ऐले जुन निणर्य गरियाे त्याे गगनका लागि त फाईदा हाेला किनभने उनकाे हस्ताक्षर विकेकाे देखिन्छ पाटिका लागि भने फाईदा नहुन सक्छ । काँग्रेस कै जस्तो खेल फेरि एमालेले खेल्दै गरेकाे कुरा सामाजिक सन्जालाँ छ्याप्छ्याप्ति भै रहेकाेछ । महाधिवेशन गरेकाे ६ मैना पुग्दा नपुग्दै विशेष महाधिवेशनकाे कुरा गर्नेहरुले महाधिवेशनमा ओलिकाे पक्षमा भाेट नदिएकाे भए के हुन्थ्याे । हिजाृ वलिले पाटिकाे विधान समेत संसाेधनगरेर आफ्नाे पक्षमा निर्णय गरि चुनाबमा आफ्नो विपक्षमा उमेदवारी दिए उसलाई पाटिबाट समेत निस्कासन गर्ने कुरा गर्दै विद्या भण्डारीले साधारण सदस्यता समेत नपाउने गरि निर्णय गर्दाऐलेका विशेष महाधिवेशनवाला कहाँ थिए र तिनले त्यसकाे किन विराेध गरेनन । जेनजी आन्दोलन पछिकाे विकसित राजनीतिक परिस्थिति र फागुन २१ काे चुनाबमा पुराना दलहरुलाई लिँडकाे लगाएर दुईतिहाईकाे सरकार बनाएकाे रास्वपाले सम्भब त अबका १५ बर्ष कसैले च्याउन नसक्नेगरि आफ्नो कदम जमाउन थालेकाे आभाष हुँदैछ त्यसैले पनि अबका दिनमा पुराना दलबीच देखिएका असहमति मेटाउँदै प्रतिपक्षका नाताले कठाेर भूमिका निभाउनु पर्नेमा काँग्रेस पाटि जुन हविगतमा गुज्रिँदैछ त्यै हविगत एमालेले राेज्न खाेजेकाे देखिँदैछ । वलिलाई सरकारले पक्राउ गर्ने बित्तिकै सरकारकाे पक्षमा लागेर वलिलाई विशेष महाधिवेशनबाट फाल्ने खेलमा सक्रिय एमालेहरुकाे नियत पाटि कब्जा गर्ने देखिन्छ तर पनि उनिहरुले चाहेजस्तो सजिलाे छैन ।किनभने वलिले पाटिमा यसरी कब्जन जमाएर बसेका छन कि यसकै प्रतिफलस्वरुप उनले विधान संसाेधन गरेर अँझैपनि २५ बर्षसम्म पाटि र सरकार हाक्ने चाहना उनकाेथियाे । त्यसैकारण पनि झाेलेहरु उनका निम्ति ज्यान हतेलिमा हालेर हिँडेका थिए । तर आमचुनाबले यसरी बढार्याेकि विचरा एमालेहरु ऐले थिलाेथिलाे परेका छन । त्यसैत सदनमा प्रतिपक्षनै नरहने गरि बढारिएकाछन भने सरकार पक्ष दुई तिहाईकाे भएकाले उसले प्रतिपक्षले भनेकाे कुनैकुरा टेर्ने स्थितिमा देखिदैन । त्यसैले एमालेहरु धेरै नसिरिङ्गेउ विशेष महाधिवेशनका नाममा काँग्रेसकाे जुन हालत भा छ त्यै हालत तिमरकाेनि हाेला । वलिले २५ बर्ष खान्छु भन्दैछन खान देउ । त्यतिबेलासम्म त घण्टीले अरुलाई जित्न दिनेवालानि छैन ।त्यसैले जनताले तिमरलाई ओछ्यान लाएर थुपुक्क सुत भन्याछ । सुतेर निन्द्रा पुर्याउ । काँग्रेस एमालेका दिन गए ।

घुयँत्राे:“गगनको जिद्दी, काँग्रेसको सिद्धि—दुई टुक्रा, प्रेसविज्ञप्ति दैनिक!”

स्याउ फुल्दै जुम्ला सेताम्मे

Leave a comment

Your email address will not be published. Required fields are marked *