घुयँत्राे:“काँग्रेसमा दुई महामन्त्री, दुई कुर्सी र एकैपटक दुई सभापति खोज्ने ‘स्पेशल अफर’!”

काँग्रेसका महान हस्ति गगन र विश्व विशेष महाधिवेशन गरेर पाटि फुटाउने तयारीमा जुटदैछन । सम्भब त आज ( बुधबार)नै उनिहरुले आँफुलाई सभापति र उपसभापतिकाे दाबेर घाेषणा गर्दै २७ देखि २९ भित्र विशेष महाधिवेशन ताेक्ने निर्णय गर्ने छन । सँधैभरि विपिकाे नाम बेचेर त्यै ब्याजकाे भराँ पाटि चलाउन नदिने र अब काँग्रेस आफ्नै खुट्टाँ उभ्भिने र जेनजीकाे आब्हानजस्ताे युवाहरुकाे मात्र बाहुल्यता रहने गरि पाटि बनाउने दाउमा दुई महामन्त्री लागेछि ऐले काँग्रेस भित्र ठूलै भूइँचालाे गा सुनिदैछ । चार मैनादेखि चलेकाे काँग्रेसकाे बैठकले दुई महामन्त्रीकाे प्रस्ताबमा कुनै किसिमकाे निर्णय हुन नसकेछि पुषकाे तेस्रो साताकाे वैठकाँ गगन थापाले नाेट अफ डिसेन्ट लेखेर पुषकाे २८ साँ विशेष महाधिवेशन गरेर काँग्रेसलाई शेखर काेइरालाकाे पाेल्टाँ हाल्देर देउबाट बिदालिने कार्यक्रम बनाकामा विचैमा काेईरालाले अब्जेक्सन गरेर विशेष अधिबेशनबाट हैनकि नियमित महाधिवेशनबाटै सभापति फुत्काउने भन्ने अभिव्यक्ति दिएछि विचरा गगन र विश्व बितडिएर अब आँफै याैटा सभापति र याैटा उपसभापति भएर विशेषमहाधिवेशन टुङ्ग्याउने दाउमा पुग्याछन । उता गगन थापा भन्ने जन्तु त जे भन्याे त्याे गर्छ भन्ने भएछि पाटिका संथापन भनम्कि देउबा खलकहरुचाईँ बैशाखाँ महाधिवेशन गर्ने गरि महाधिवेशन तालिका निकालेर ऐले फागुन २१ काे आम चुनाबकाे तयारी भनेर पाटिमहाधिवेशनलाई विर्काे लाएर आफ्ना पक्षका प्रदेश सभापति जतिलाई विशेष महाधिवेशन हुन्न भनेर विज्ञप्ति निकाल भनेर देउबाले आदेश गरेछि याैटा टाेलि विज्ञप्ति जारी गरेर विशेषमहाधिवेशन नहुने खिचडि पकाउँदैछ भने अर्काे टाेलि विशेष अधिवेशन हुन्छ राजधानी आउ भनेर पत्रकार सम्मेलन गर्दैछ । त्यति मात्रै हैन माैका परे याे ५४ प्रतिशतवाला टाेलिले अल्लि बुढाखाडालाई पाटि अफिसै नआउन सक्ने गरि पिट्टपाट्ट पार्ने खेलमा लाग्ने जस्तो बुझिन्छ किनभने मंगलबारमात्रै युवाले विमलेन्द्र काे साताे खाकाे देखियाे । ऐले वउकनस भका काँग्रेसका यी खेल हेर्दा अब काँग्रेस हिजाेसम्म भित्रभित्र दुईथे अब खुलेरै २ भए भन्ने बुझ्ने त हाेला हाम्ले । बिचरा शेर बहादुर ! त्यसैत जेनजीले आन्दोलनका नाममा काेठाभित्र बानेर रगताम्मे हुनेगरि चुटेछि ओखतिमुलाे गर्न विदेशै जानू पर्या बेला महाधिवेशन नगरि उल्टै विशेष महाधिवेशन गर्नेहरलाई सभापति पद तिलान्जलि गर्नु पर्दा कम्ता चित्त दुख्या हाेला । त्यसै त बुढानिलकण्ठ देउबा निवासाँ राख्या ८/१० कराेड जति पैशा खरानि बनाईदेर आैडाहा बनाईदेका देउबा दम्पतिलाई आफ्नै पाटि भित्राट नी चुनाैति नै चुनाैति देछि बिचरा आर्जु के गरम् र कसाे गरम भाछिन । पाटि भित्र आँफुहरकाे विजाेग हुने दिन आका देखेर कतै केई उपाए लाग्छकि भनेर भारतीय प्रधानमन्त्री माेदिलाई भेट्न समेत पुगिन । जेनजी आन्दोलनाँ सबभन्दा धेरै पीडा भाेग्या सभापतिका बुढाबुढिलाई आफ्नै महामन्त्रीहरले यसरी लखेटलान भन्ने त यिनरले सपनाँनि साेच्याथेनन हाेला ।तर, के गर्ने” ओरालाे लाग्या मृगलाई बाच्छाले नि लखेटछ” भन्या यै हाे । लाेग्ने प्रधानमन्त्री र सभापति हुँदा चारैतिराट पैशा साेहाेर्दा साेहाेर्दै पैशाकै गाेदाम बनाएर आनन्दले बसेकि आर्जुलाई एक्कासी रुपियाँ पैशाले त साथ छाेड्याे छाेड्याे आफ्ना लागि सबभन्दा प्यारा भनेका नेताहरले समेत साथ छाेड्या देख्दा अब दिन गएछन भन्ने भैरा हाेला । तर चिन्ता नगर्नाेस मेडम पाटि सभापति पद गएनि प्रधानमन्त्री पद त छँदैछ त ! देउबाजीले चुनाब जित्नु भाे भने प्रधानमन्त्रीकाे नामबाट फेरि दुबै हातले पैशा बटुल्ने दिन त आईजान्छन त! अनि त हिजाे डढ्याजत्ति डलर त एक दुई बर्षमै बटुल्नु हुन्छ । पैशा बटुल्न जान्ने कला भा मान्छेले जसरी भएनि पैशा बटुल्छ बटुल्छ धन्दा नमान्नाेस । ऐले युवाका दिन आ हुनाले गगनका दिन आ हुन भाेलि फेरि ती दिन तपाईंहरका भएर आउँछन । चिन्ता नगर्नाेस ।

घुयँत्राे:“काँग्रेसमा दुई महामन्त्री, दुई कुर्सी र एकैपटक दुई सभापति खोज्ने ‘स्पेशल अफर’!”

सम्पादकीय : बिनासर्त निर्वाचनमा जाऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *