हरियो भविष्य

प्रकृति हाम्रो साझा घर,
यसलाई जोगाउनु कर्तव्य भर ।
हरिया वन र स्वच्छ हावा,
यिनै हुन् जीवनका छाँया।
नदी, ताल र हिमाल राम्रो,
यिनले बनाउँछन् देश राम्रो ।
फोहोर नगरी सफा राखौ,
रुख रोपी हरियाली बढाऔं ।
जलवायु परिवर्तनको असर,
देखिदैछ आज घरघर ।
सचेत बनी कदम चालौ
प्रकृतिलाई माया गरौं ।
आजको सानो प्रयासले,
भोलिको भविष्य उज्यालो बनाओस् ।
हरित पृथ्वी, स्वच्छ वातावरण,
हाम्रो सपना सधै सजाओस।
सितल भण्डारी कक्षा १०, ऐरावती गा. पा. प्युठान





