घुयँत्राे:”बा को नयाँ फर्मान : अब एमाले होइन, ‘फ्यामिली प्याक’ सदस्यता !”

लाै आजफेरि वलि बाकाे नयाँ फर्मान आयाेनि झाेले ज्युहरु ! सुन्नु भाे तपाईँहरकै लागि हाे अध्यक्ष बा जिकाे ” पाटिका नेता कार्यकर्ता सबका छाेराछाेरी जति सब्बैलाई एमाले पाटिसदस्य बनाउने रे ” फर्मान हेर्नू सुन्नु भाे किनाई माेबाईलाँ । उहाँकै निर्देशनाँ पाटि पारिवारिक कम्पनि लिमिटेडाँ दर्ता हुने भएछि अब एमाल्या सदस्य जतिलाई नेताकाे दास,दलाल,झाेले,चम्चा हरिलठ्ठक जस्ता विभुषण लाउन नपर्ने भाे । किनभने स्ववाभिक रुपाँ पारिवारिक सदस्यबाटै पाटि बन्ने भएछि उनरकाे न्युनतम् याेग्यतै “पारिवारिक सदस्य ” हुने भएछि हिजाेदेखिका अनेकन विभुषणहरुकाे आबस्यकतै परेन । पाटिलाई पारिवारिक बनायाे सालाे देखि आफ्नाे हेरालाे सम्मलाई वलिले सत्ताकाे राईँदाईँमा जाेड्याे भनेर विराेध भै रा बेलाँ अब खुलेरै दललाई “वलि एण्ड कन्स्ट्रक्सन ” बनाउने आदेश अध्यक्षले नै देछि अरु के चाईयाे र ? विचरा बालाई पैलै जेनजीले साताे लगेर निस्लाेट पारे, अनि भै नभै चुनाबकाे भूमरियाँ जाक्देर त्याे आधा उमेरकाे बच्चाेसित पार्देर गाेडा पचासेक हजारले धकेलेर हारकाे भित्तैमा पुर्याईदेछि बिचेत हुनुभा बा ऐले बल्लबल्ल केई दिन देखि बाैरिनु भाछ । जुनदिनदेखि बाैरिनु भाछ त्यै दिनदेखि चुनाबि प्रतिद्वन्द्वी प्रधानमन्त्री बालेनकाे झ्याँकाे झार्याझार्यै हुनु हुन्छ । बालेन मेयर बनेदेखिनै केमेस्ट्री नमिल्या ऐले सम्मनि मिल्नसक्याछैन । बा बालेनकाे काम गराईकाे ताैर तरिका था पाउने वित्तिकै फायर भै हाल्नु हुन्छ । अनि बा दिनभरि के के बतुराय त्याे कुरालाई लेर बालेनजी फेरि रातकाे १२ बजे जागेर माेवाईलाँ स्ट्याटस दन्काउँन शुरु गरि हाल्छन अनि रातमा जाग्ने र दिनमा जाग्नेकाे नि काँट भेटघाट हाेस के ! अनि बा चाईँ फेरि रातभरि मेरा विरुद्ध के के बीस बमन गर्याे भनेर एका बिहानै स्ट्याटस् हेरेर फद्दाउन थालेछि त्यसकाे कईँ कतै सिमै नहुँने के ! बाकाे फद्दाई न हाे त्यल्ले सामाजिक सञ्जाल कर्ताकाे दिमागाँ र मुटुवाँ च्वास्स लाग्ने गरि घाेचेछि बस् के चाईयाे । पढने जतिलाई पढन मिल्ने खुराक पेटैभरि हुने गरि छताछुल्ल हुन्छन । बाले जवाफनि मुखैभरि हुनेगरि दिन्छन र त बाका कुरा सुन्न सबै मन पराउँछन । हुन पनि आजसम्म बालाई भगवान भन्दा ठुलाे भनेर भगवानिकरण गर्दै आ बेला बाले चुनाबाँ हारे भन्दैमा अब बाकाे पाटिकाे मुखिया बन्ने दिन गए । अब हामी मुखिया बन्छम् भनेर हुक्कार हाल्न थालेछि बालेनि “संकटका बेलाँ कल्ले नेतृत्व छाेडछ म नेतृत्व छाेडदिन ” भनेर गाेडा पाँचेक नेताकाे साताे के खाथे ऐले बाका झाेलेहरु चुपचाप छन । पैले कैले पूर्व ढल्किने त कैले पश्चिम ढल्कियर फाेटाे खिचायर फाेटाेकाे मुनि ” म पनि झाेले” भनेर यत्रा भँगेरे टाउके अक्षराँ लेखेर झाेले प्रमाणपत हुँदालमजा आयाे अनि ऐले याैटा जाबाे चुनाब हार्दा छँदाखाँदा पाटिकाे नेतृत्व किन छाेडने भए तनि बाले । चुनाब जित्याभा त त्यै पनि तपाईं सरकाराँ व्यस्त हुनुहुन्छ भनेर नेतृत्व माग्ने कुरा ठिकै हाे तर बिचरा बेराेजगारै हुने र दिनै कटाउन मुस्किल हुने गरि अध्यक्षा` ट घुच्च्याउन लाएछि बा पनि किन मान्नु हुँदाे तनि ! बरु अब ती बाकाे राजिनामा माग्नेहरका कुदिन शुरु भए भन्ने बुझे भाे। त्यसै त बा बदलाकाे राजनीतियाँ नम्बर वान हुनु हुन्छ अँझ भएन भनेर बाकै अघिल्तिर उभ्भियर राजिनामा मागेछि बाले के तिनलाई भगवान मानेर पुज्नु हाेला त ! मनधब, झलनाथ र बामदेवलाई पाटियाट घाेक्रेठ्याक लाएर तिनरकाे हरिविजाेग बनाएर बतुराउँदै हिन्ने बनाका बाले याे पटक, शंकर,पृथ्वी ,विष्णु र ईश्वरलाईनि तिनै नेताहरकाे जस्ताे ताल गराउने भए । बालबाल बचेकि विद्या भण्डारीकाे हुर्मत लिन कस्सिया बेलाँ कताट बाकाे पासाँ पृथ्वी ,पाेखरेल र पाैडेल परेछि विद्याका दन दशा साेझा भाछन त्यसैले सब्चिज गरम्बाका पछि नलागम्है साथि हाे ।जब यिनी पछि लाए भनेत ढुटाेमाटाे हुनेबेलासम्म छाेडदैनन् । त्यसैले बेलैमा हाेस पुर्याम है साथि हाे ।
“बिरसिक्का”





