CAN कर्णालीकाे दादागिरि , उपबिजेता कालिकाेटलाई अन्याय

कालीकाेट, १७ जेठ ।

CAN कर्णालीले कालिकाेट किक्रेट टिमलाई अन्याय गरेकाे छ । हालै सम्पन्न यू-१६ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कालिकोट जिल्ला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेकाे थियाे । सामूहिक खेल कौशल, लगनशीलता र समर्पणका साथ मैदानमा उत्रिएको कालिकोट किक्रेट टोलीले आफ्नो प्रदर्शनबाट सबैको ध्यान खिच्न सफल भयाे ।

तर, यति सशक्त प्रदर्शनका बाबजुद पनि कर्णाली प्रदेश टिममा कालिकोटबाट मात्र एक खेलाडीको छनोट हुनु खेलप्रेमीहरूका लागि निराशाजनक र भेदभावपूर्ण निर्णयका रूपमा देखा परेको छ।

प्रदेश टिममा जिल्लागत रूपमा खेलाडी चयन यस्ताे
सुर्खेत: ९ खेलाडी
रुकुम: २ खेलाडी
सल्यान: २ खेलाडी
दैलेख: २ खेलाडी
कालिकोट: १ खेलाडी

उपविजेता टिम कालिकोटको योगदान र समग्र टिमको प्रयासलाई बेवास्ता गर्नु अन्यायपूर्ण मात्र नभई युवा खेलाडीहरूको मनोबलमा प्रतिकूल असर पार्न सक्ने चिन्ता अभिभावक, प्रशिक्षक र स्थानीय खेलकर्मीहरूले व्यक्त गरेका छन्।

छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइयोस्। सबै जिल्लाका खेलाडीहरूको प्रतिभा र मेहनतको सम्मान गरियोस्। भन्दै कालिकोट क्यान सदस्य पवन बमले आवाज उठाएका छन् ।

उनी भन्छन् उपविजेता बनेको कालिकोटलाई यत्रो अन्याय गरिनु हाम्रो घोर आपत्ति छ । खेल प्रदर्शन गर्दा उत्कृष्ट गर्ने तर छनोट गर्दा हिजोकै कर्णालीलाई उपेक्षित गरेको जस्तो गर्ने कर्णाली क्यानले कालिकोटका खेलाडीका लागी घोर अन्याय गरेको छ ।

खेलमा निष्पक्षता र समान अवसरको सुनिश्चितता नै दीर्घकालीन विकासको आधार हो भन्नेमा जोड दिँदै, स्थानीय समुदायले माग गरेको छ । प्रदेश टिम कुनै एक जिल्लाको प्रतिनिधि जस्तो नभई सम्पूर्ण कर्णाली प्रदेशको सन्तुलित प्रतिनिधित्व होस्।

कालिकोटका सम्पुर्ण खेलाडीहरुको चाहाना भएको बताए । कालिकाेट मात्र नभई कर्णाली प्रदेशका अन्य ९ वटा जिल्लालाई पनि CAN ले अन्याय गरेकाे छ । सुर्खेत जिल्लाबाट मात्र खेलाडीकाे संख्या बढाउनुले अन्य जिल्लाका खेलाडीहरुकाे मनाेबल घट्नुका साथै खेलकुद प्रति निरासा जागेकाे छ ।

CAN कर्णालीकाे दादागिरि , उपबिजेता कालिकाेटलाई अन्याय

लुम्बिनीमा होटल पर्यटनको सम्भावना उच्च : मुख्यमन्त्री

CAN कर्णालीकाे दादागिरि , उपबिजेता कालिकाेटलाई अन्याय

कर्णालीमा अझै सुधार भएन वर्षान्तमा बजेट खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *