नेपालगञ्ज भन्सारमा साउन महिनामा मात्र ७४ प्रतिशत राजस्व सङ्कलन

१२, भदौ २०८२

बाँके । पश्चिम नेपालकै ठूलो व्यापारिक नाका नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा (साउन) निर्धारण गरिएको राजस्व लक्ष्यको ७४ प्रतिशत मात्रै असुली गरेको छ ।

भन्सार कार्यालयका अनुसार साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, जम्मा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ मात्रै राजस्व उठाउन सकिएको छ, जुन कुल लक्ष्यको ७४.१४ प्रतिशत हो ।

चालु आवका लागि नेपालगञ्ज भन्सार कार्यालयले २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ । यसअघि आव २०८१/०८२ मा पनि २७ अर्बभन्दा बढी लक्ष्य निर्धारण भए पनि जम्मा २० अर्ब २८ करोड ७२ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढ्ने र राजस्व असुलीमा वृद्धि हुने अपेक्षा गरे पनि लागत बढेको भन्दै केही मालवाहक सवारी साधनहरूले वैकल्पिक नाका रोजेपछि राजस्व सङ्कलनमा कमी आएको जनाएको छ ।

नेपालगञ्ज भन्सारबाट उठ्ने कुल राजस्वमध्ये करिब ५० प्रतिशत पेट्रोलियम पदार्थको आयातबाट हुने गरेको छ । त्यस्तै, इन्धनसँगै चामल, खाद्यान्न, फलाम लगायतका वस्तु आयातबाट पनि महत्वपूर्ण मात्रामा राजस्व संकलन हुने गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

नेपालगञ्ज भन्सारमा साउन महिनामा मात्र ७४ प्रतिशत राजस्व सङ्कलन

विभेदकारी नीति अन्त्य नभए कठोर आन्दोलन गर्ने

नेपालगञ्ज भन्सारमा साउन महिनामा मात्र ७४ प्रतिशत राजस्व सङ्कलन

अज्ञात समुहद्वारा धाँपा स्वास्थ्य चाैकी चाेरी

Leave a comment

Your email address will not be published. Required fields are marked *