अज्ञात समुहद्वारा धाँपा स्वास्थ्य चाैकी चाेरी

गाेल्डेन बुढा

जुम्ला,१२ भदौ।

जुम्लाको सिंजा गाउँपालिका-१ मा अवस्थित धाँपा स्वास्थ्य चौकीमा चाेरी भएको छ।गए राति अज्ञात समूहद्वारा चोरी भएको हो।स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद तिवारीले चोरी एक थान ल्यापटप, दुई थान डेस्कटप कम्प्युटर, पाँच थान बल्ब र अस्थायी स्वास्थ्य उपकरण चाेरी भएका छन्।बाहिरको मुल ढोका खोलिएको र भित्र कोठाको ढोका फोडिएको छ।यसअघि पनि धाँपा स्वास्थ्य चौकी भएको थियोे।उनलेे भने,´पटक–पटक चोरीको निसानामा परेको छ ।

यो तेस्रोपटक चोरी भएको तिवारीले बताए।यता वडा अध्यक्ष हरिन्द्र आचार्यले बिहान १० बजे कर्मचारी कार्यालय पुगेपछि मात्र चोरी भएको थाहा भएको बताए।घटनाबारे तुरुन्तै प्रहरी चौकी नराकोटमा जानकारी गराइएको छ। स्वास्थ्य सस्थामा पटकपटक चाेरी हुनुले स्थानीय आक्राेशीत भएका छन्। शान्ति सुरक्षा व्यवस्थामा कमजोरी भएको ओैल्याएका छन्।“स्वास्थ्य चौकी नै सुरक्षित छैन्। प्रहरी चाैकी नराकाेटले घटनाबारे अनुसन्धान गरिरहेको छ।

अज्ञात समुहद्वारा धाँपा स्वास्थ्य चाैकी चाेरी

नेपालगञ्ज भन्सारमा साउन महिनामा मात्र ७४ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *