हटाइयाे जुम्ला संघीय खानेपानी कार्यालय:फिल्ड कार्यालय रहने परिपत्र

गाेल्डेन बुढा
जुम्ला,१२भदौ।
जुम्लाको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय फिल्ड ईकाइ कार्यालयको रुपमा रहने भएको छ ।खानेपानी मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी टेकनाथ दाहालका अनुसार जुम्ला सहित देशका ६ जिल्लामा साविक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अव फिल्ड ईकाइ कार्यालयको रुपमा रहने छन्।उनका अनुसार फिल्ड कार्यालयमा केही कर्मचारी खटाउने र काम सहज गर्न अगाडि बढाईएको छ ।नेपाल सरकार खानेपानी मन्त्रालयले आर्थिक बर्ष २०८२/०८३ मा देशका १५ वटा कार्यालय स्थायी गर्ने र जुम्ला सहितका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । बि.सं २०८२ साउन बाट जुम्ला कार्यालय खारेज गर्ने निर्णय गरेपछि जुम्लाका स्थानीय राजनैतिक दल, जनप्रतिनिधिले यसको विरोध जनाउदै मन्त्रालयमा ध्यानाकर्षण तथा कार्यालयमा तालावन्दी गरेका थिए ।यस्तै जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाही(ज्ञानेन्द्र )कान्तिका सेजुवाल,छिरिङ ल्हामु लामा तामाङ विनिता कठायतले सदनमै यसको ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयले जुम्ला कार्यालय खारेज गर्ने निर्णय गरेपछि जुम्ला कार्यालय गत असार २९ गते देखी तालाबन्दी गरिएको छ । कार्यालय एक जना कार्यालय सहयोगीको भरमा छ । अन्य कर्मचारीलाई मन्त्रालयले अन्य स्थानमा तानिसकेको छ ।खानेपानी आयोजना खारेज गरेपछि फिल्ड कार्यालय मात्रै रहने र लेखा प्रणाली सुर्खेत कार्यालयले हेर्ने भएको हो । फिल्ड कार्यालय पनि सुर्खेत कार्यालयको माताहत रहनेछ। खानेपानी मन्त्रालयले गत साउन ११ गते खानेपानी तथा ढलनिकास व्यवस्थापन कार्यालय सुर्खेत,धनकुटा, चितवन, पोखरा, वुटवल, कञ्चनपुरलाई लेखेको पत्रमा नेपाल सरकार मन्त्रीपरिषदको २०८१/१२/११ को निर्णय अनुसार सुर्खेत सहितका कार्यालय स्थायी बनाएर कार्यान्वय नभएका र आ-आफ्नो कार्यक्षेत्रमा पर्ने साविकका आयोजना कार्यालयको भवनमा फिल्ड ईकाई कार्यालय स्थापना गरि आवश्यक कर्मचारी व्यवस्थापन गर्ने र सेवा प्रदान गर्ने उल्लेख छ ।

उक्त पत्रमा फिल्ड कार्यालय स्थापना गर्ने जुम्ला, कैलाली, ईलाम,अर्घाखाची,म्याग्दी, हेटौडा र ईलाम जिल्ला रहेका छन् ।कार्यालय खारेज गरेपछि जुम्लामा आक्रोस बढेको छ।दर्जनौं आयोजना अलपत्र पर्ने भएको असहज भएकाले कार्यालय तालावन्दी गरिएको हो।फिल्ड कार्यालय मात्रै होईन जुम्लालाई स्थायी कार्यालय स्थापना गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताउँछन्। जुम्लाबाट कार्यालय खारेज भएपछि साविक कर्णालीलाई अन्याय भएको छ। उनलेे भने,´ सरकारले चाडै यस बिषयमा प्रथामिकता दिनुपर्छ। जुम्ला कार्यालयबाट ८ हजार धाराको परियोजना बृहत धौलीघाड खानेपानी आयोजना सहित अन्य दर्जनौं खानेपानी आयोजना अलपत्र पर्ने देखिन्छ।

हटाइयाे जुम्ला संघीय खानेपानी कार्यालय:फिल्ड कार्यालय रहने परिपत्र

अज्ञात समुहद्वारा धाँपा स्वास्थ्य चाैकी चाेरी

हटाइयाे जुम्ला संघीय खानेपानी कार्यालय:फिल्ड कार्यालय रहने परिपत्र

घुयँत्राे :”बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *