जुम्लाको सिजामा आगलागी, नौ कोठे घर क्षति

गाेल्डेन बुढा

 जुम्ला ,११ मंसिर ।
जुम्लाको सिजा गाउँपालिका–६, काँडागाउँमा आज बिहान भएको भीषण आगलागीबाट एक स्थानीय बासिन्दाको नौ कोठे आवासीय घर पूर्ण रूपमा क्षति भएको छ। मनविरा वुढाको दुई तले कच्ची घरमा करिब साढे ११ बजे आगो लागेपछि केही मिनेटमै घरभरि आगो फैलिएको स्थानीयले बताए।प्रहरी चौकी नराकोटका अनुसार खाना पकाउने क्रममा चुलोको धुँवा बाहिर निकाल्न प्रयोग हुने चिम्नीमा सल्कीएको आगो अचानक घरको दोस्रो तलासम्म सरेपछि घटनाले ठूलो रूप लिएको हो।

काठ, ढुङ्गा र माटोको संरचनामा बनेको घर भएकाले आगो द्रुत गतिमा फैलिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।आगलागी देखिनासाथ स्थानीयवासी, प्रहरीले संयुक्त रूपमा प्रयास गर्दै आगो नियन्त्रणमा ल्याएका थिए। तर आगलागीको तीव्रताका कारण घरभित्र रहेका सामग्री जोगाउन भने नसकिएको स्थानीयले बताएका छन्।

आगलागीबाट भएको जम्मा भौतिक क्षतिको पूर्ण विवरण संकलनको प्रक्रिया जारी रहेको र आगलागी कसरी सुरु भयो? भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्थानीय तहले पनि घटनास्थलमा टोली खटाई आवश्यक सहयोग र क्षतिको मूल्यांकन सुरु गरेको छ।सुख्खा सिजनमा बढी आगलागी हुने भएको सचेत हुनुपर्ने बताइएको छ।

जुम्लाको सिजामा आगलागी, नौ कोठे घर क्षति

बाँकेमा १६ दिने अभियान : महिलाको कानुनी

जुम्लाको सिजामा आगलागी, नौ कोठे घर क्षति

पिस नेपाल–रुम टु रिडको सहयोगमा यशोधरा माविमा

Leave a comment

Your email address will not be published. Required fields are marked *