हिंसा पीडितकाे आश्रयस्थल दिमा आमा घरलाई न्यानो सहयोग

गोल्डेन बुढा
जुम्ला ,११ मंसिर।

कर्णालीका दुर्गम हिमाली बस्तीसम्म हिंसा पीडित महिलाको आवाज र अधिकार सुरक्षित गर्न अहोरात्र खटिँदै आएको ‘दिमा आमा घर’ जुम्लालाई सर्वोदय नेपालले न्यानो सामग्री हस्तान्तरण गरेको छ। साहास परियोजनाअन्तर्गत गरिएको सहयोगले शीतलहरको सङ्कटमा रहेका आश्रित महिलालाई राहत र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।एक सरल तर संवेदनशिल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले संस्थाकी अध्यक्ष दिल्माया शाहीलाई न्यानो सिरक, डस्ना तथा अन्य सामग्री हस्तान्तरण गर्दै हिंसा मुक्त समाज निर्माणका लागि राज्य–सरकार, संस्था र समुदाय सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “हाम्रो समाजमै हिंसा अन्त्य गर्ने हो भने जिम्मेवारी हरेक नागरिकको कन्धामा छ,” प्रजिअ पौडेलले भने।सर्वोदय नेपालले उपलब्ध गराएको सामग्रीमा ६ केजीको फाइबर सिरक, १० केजीका ६ थान डस्ना, अन्य ६ थान सिरक, तन्ना र खोलसहित करिब ३९ हजार ३ सय रुपैयाँ बराबरका सामग्री छन्। सर्वोदय नेपालका कार्यक्रम व्यवस्थापक भानु लिम्बूले कठोर हिउँदमा आश्रित महिलाहरूलाई न्यानो र सुरक्षित वातावरण उपलब्ध गराउन सहयोग गरिएको बताए।

मानव अधिकार संरक्षणका संवेदनशील सवालहरू उठाउँदै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना आचार्य (नेपाल)ले दिमा आमा घरका अध्यक्ष शाही नेतृत्वको टोलीले हिंसा विरुद्धको अभियानलाई सामाजिक आन्दोलनको रूप दिएको उल्लेख गर्दै सरकारले यस्ता संरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्।

“हिंसाको अन्त्य घर–परिवारबाटै सुरु हुन्छ। समाजले साथ नदिएसम्म पीडित सुरक्षित हुँदैनन्,” आचार्यले भनिन्।दिमा आमा घरकी अध्यक्ष दिल्माया शाहीले संस्थाको उद्देश्य, उपलब्धि र आगामी योजनाहरू प्रस्तुत गर्दै सहयोगी संस्था सर्वोदय नेपालप्रति कृतज्ञता व्यक्त गरिन्। “हामीसँग आशा लिएर आउने महिलाहरूलाई आत्मविश्वास र सुरक्षासहित नयाँ जीवनमा अघि बढाउन सहयोग गर्नु हाम्रो दायित्व हो,” उनले भनिन्।अहिले ४ जना हिंसा पिडित महिला बसेकी छन्।२६ जनाले सेवा लिएका छन्।

सर्वोदय नेपालका अनुगमन अधिकृत देवेन्द्र आचार्यले दिमा आमा घरले हिंसा पीडितका लागि गरेको संरक्षण आणि पुनर्स्थापनाको कामले समुदायमा सकारात्मक उदाहरण स्थापित गरेको बताउँदै सम्भव भएसम्म निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।यस सहयोगसँगै वर्षैभरि कठोर चिसोले पिरोलिने जुम्लामा आश्रित पीडित महिलाहरूलाई सुरक्षित र मानवीय वातावरण प्रदान गर्न दिमा आमा घर अझ सबल बन्ने विश्वास गरिएको छ।

हिंसा पीडितको जीवनमा न्यानोपन र आशा थप्ने यो कदम कर्णालीमै हिंसा विरुद्धको अभियान मजबुत बन्ने एउटा सार्थक उपलब्धि मानिएको छ।

हिंसा पीडितकाे आश्रयस्थल दिमा आमा घरलाई न्यानो सहयोग

तपाईंहरूभन्दा अलग भएर प्रदेश सरकार अघि बढ्दैनः

हिंसा पीडितकाे आश्रयस्थल दिमा आमा घरलाई न्यानो सहयोग

गुठिचौर–१ ले पायो आफ्नै वडा भवन

Leave a comment

Your email address will not be published. Required fields are marked *