छेडागाडमा तीन करोडबढीको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, ११ जेठ ।
छेडागाड नगर अस्पताललाई कुमारी फाउन्डेसन काठमाडौले तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं कुमारी फाउण्डेसनका अध्यक्ष राजिव विक्रम शाहले नगर प्रमुख रत्न बहादुर खडकालाई सामाग्री हस्तान्तरण गरेका हुन । पुन्य कर्म गरेका प्रदेशका मन्त्री, कुमारी फाउन्डेसनका अध्यक्ष शाहलाई नगर प्रमुख रत्न बहादुर खडकाले धन्यवाद व्यक्त गरेका थिए ।







