“कर्णालीमा बाँके–बर्दिया समावेश गरौं, सुशासन र रोजगारीमा केन्द्रीत बनौं” – प्रकाश ज्वाला

बाँके,११ जेष्ठ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाँके जिल्ला कमिटीको प्रथम बैठक “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दीपक जि.एम.को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा राजनीतिक, संगठनात्मक तथा क्षेत्रीय विषयमा गहन छलफल गरिएको थियो।

बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले बाँके र बर्दिया जिल्लालाई भूगोल, संस्कृति र जनजीवनको आधारमा कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने प्रस्ताव राख्दै यसलाई यथार्थपरक र समयसापेक्ष निर्णयको रूपमा व्याख्या गर्नुभयो।बैठकले उक्त प्रस्ताव अनुमोदन गर्दै बाँके–बर्दियाका क्रियाशील राजनीतिक दलहरूसँग संवाद तथा छलफल अघि बढाउने र आवश्यक परेमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रमुख अतिथि ज्वालाले वर्तमान राजनीतिक परिवेशमा अब दलहरूले रोजगारी सिर्जना र सुशासनलाई प्रमुख एजेन्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पार्टीले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिसकेको जानकारी पनि बैठकलाई दिनुभयो।

बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसैन खान, केन्द्रीय सदस्य नारायणी ओली, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला तहका पदाधिकारीहरू र विभिन्न नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले पार्टी निकट १८ वटा जनवर्गीय संगठन तथा १० वटा विभागका प्रमुखहरू तोक्ने निर्णय गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा स्थानीय तहमा प्रभावकारी उपस्थिति बढाउने रणनीति तय गरेको जिल्ला अध्यक्ष दीपक जि.एम.ले जानकारी दिनुभयो।
एकदिने प्रशिक्षणसहित सम्पन्न बैठकको सञ्चालन जिल्ला सचिव तेज प्रसाद अधिकारीले गर्नुभएको थियो।

 

 

 

 

“कर्णालीमा बाँके–बर्दिया समावेश गरौं, सुशासन र रोजगारीमा केन्द्रीत बनौं” – प्रकाश ज्वाला

आगामी बजेटकाे रेखांकन : लुम्बिनी प्रदेश सभाको

“कर्णालीमा बाँके–बर्दिया समावेश गरौं, सुशासन र रोजगारीमा केन्द्रीत बनौं” – प्रकाश ज्वाला

सम्पादकीय : कहिले हुन्छ विषादीमुक्त कर्णाली ?

Leave a comment

Your email address will not be published. Required fields are marked *