आगामी बजेटकाे रेखांकन : लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज दिउँसो १ बजे बस्ने

दाङ ,११ जेष्ठ ।
लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ काे प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने कार्यक्रम छ।

यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। प्रस्तावित सिद्धान्त र प्राथमिकतामाथिको छलफलले प्रदेश सरकारका विकास योजना, बजेट वितरण र रणनीतिलाई स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

विधेयकमाथिको छलफलपछि तय गरिने नीति र प्राथमिकताले लुम्बिनी प्रदेशको आर्थिक र भौतिक पूर्वाधार विकासमा दीर्घकालीन असर पार्ने विश्वास गरिएको छ।

 

आगामी बजेटकाे रेखांकन : लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज दिउँसो १ बजे बस्ने

माछा बेच्दै :पुर्व लडाकु बिरेन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *