माछा बेच्दै :पुर्व लडाकु बिरेन्द्र

गाेल्डेन बुढा

जुम्ला ,११ जेष्ठ
एउटा माेटर साइकल, पछाडी ड्रम, त्यही भित्रमा माछा राखेर दैनिक जस्तो बजारका ठुला ठुला होटल घर – घरमै माछा बेच्न पुग्छन्। कालिकोटकाे तिला गुफानगरपालिका -७ छाप्रेगाँउका ४३ बर्षिय पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर बिरेन्द्र बहादुर भण्डारा(चाैतारी)‘ए हजुर तिला नदिका सफा माछा आयो राख्नुस्, ए हजुर माछा राख्नुस्’ भन्दै दिनहुँ स्वर सुनिन्छ। कर्णालीका जातका माछा बेच्छन्।प्रायःजसो जुम्लाको सदरमुकाम खलंगामा माछा बेच्न उनलाई भ्याइनभ्याई छ।

 

देशमा आमूल परिवर्तन गर्ने भन्दै तत्कालिन माओवादीको जनमुक्ति सेनामा गएका थिए।चाैतर्फी जनयुद्धको आगाे बलिरहदा मुक्तिका लागि २०५६ सालमै त्यतै हाेमिए।२६ वर्षको कलिलो उमेरमै माओवादी सेनामा पसे। ‘जनमुक्ति सेनामा जुम्ला,,सिन्धुली,अछाम,बाजुरा अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारा लगायतका ४९ माेर्चा भन्दा बढी भएका युद्धमा म सहभागी भएको छु’, उनी भन्छन्,’कम्पनी कमान्डर सम्म भए।जर्नादन शर्मा उर्जामन्त्री हुदा ९ महिना सचिवालयमा पनि बसे।बिरेन्द्रले शान्ति प्रकृया पछि,स्वच्छिक अवकाश रोजे। ६ लाख रुपैयाँ पाइयो। राजनीतिक सक्रियता अहिले पनि जिवित छ। तिला गुफा नगरपालिका कमिटी माओवादी केन्द्रकाे उपाध्यक्ष पदमा छन्। परिवर्तनको नारा बोकेर सशस्त्र १० वर्ष जनयुद्व सञ्चालन भएको थियो।समान अवसर र अधिकारका लागि युद्व लडेका पूर्व जनमुक्ति सेनाहरू अहिले भने पुरानै अवस्थामा फर्कन वाध्य छन् ।जुन सपना र नाराका साथ युद्व भएको थियो, त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ। उनका शरीरमा अहिले पनि बन्दुकका गोली छन् ।नेपाली जनतालाई युद्वको बेला बाँडिएको सपना अहिले नेताहरूले बिर्सिदै गएकाे आरोप लगाए।नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्वको भावना नै मेटिएको हो? कि भन्ने चिन्ता छ ।

 

जति क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेछ।विगतमा आफूले जनसेना भएर निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएको हो।” उतिबेला क्रान्तिमा होमिए पनि अब आर्थिक क्रान्ति गर्ने बेला भयो। जे गरे पनि आखिर चाहिने पैसै रहेछ ।

उनका तीन छोरी दुई जना बुढाबुढी गरि पाँच जनाको परिवार छ।यहीँ माछा बेचेर आफ्नो घर व्यवहार चलाएकाे बताए। विगत ४ वर्ष देखि यो व्यापारलाई निरन्तरता दिइरहेको छुँ। आर्थिक क्रान्तिमा जुट्नुपर्छ भने,सन्देश पनि हो।आर्थिक समृद्धिको बाटाे आफ्नो पाैरख नै,रहेछ। छिमेकी,आफन्त र साथीभाइहरू ठूला–ठूला सपना देख्दै विदेश पलायन भएता मैले विदेश जाने सोच कहिलै गरिन्।उनलेे सुनाए,युवाहरूमा विदेशको मोह बढ्दो क्रममा भए पनि आफ्नै गाउँ- ठाउँ केही गरी बस्नुपर्छ भन्ने धारणा छ। बिरेन्द्रकाे।माछा व्यापारबाट सन्तोषजनक भएको बताए। विहानै उठेर नाग्मा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालिकोटको मान्म,जुम्लाको गाेठिज्युला,पातारासी लासी, सिंजाकाे नराकाेट तिलाकाे रारालिही र तातोपानी गाउँपालिकाकाे लिताकाेट बजार पुग्छन्। उनलेे ८ सय रुपैयाँ केजीमा खरिद गर्छन्।ग्राहकलाई प्रतिकेजी १ हजार रुपैयाँमा बेच्छन्। प्रतिदिन न्युनतम २५ केजी माछा बेच्ने गरेको सुनाए। उनका अनुसार मंसिर महिनादेखि माघ १५ सम्म प्रति केजी १ हजार ६ सय रुपैयाँ बिक्री हुन्छन्।त्यो समय माछा कम मात्रामा पाइन्छन्।वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्छन्।माछा बेच्दै साँझ घर फर्कने गरेको उनले बताए। माछा पुर्‍याउन सकिदैन,माग बढ्दो छ। उनलेभने, ‘घर परिवार छोरीसँग बस्न पाइएको छ।’छाेरी पढाएर,लुगाफाटो गरि काेहलपुरमा २६ लाखको घडेेरी जाेडेका छन्।

माछा बेच्दै :पुर्व लडाकु बिरेन्द्र

आगामी बजेटकाे रेखांकन : लुम्बिनी प्रदेश सभाको

Leave a comment

Your email address will not be published. Required fields are marked *