अटो चालक रणबहादुरको उपचारको क्रममा मृत्यु

जुम्ला, १० जेठ ।
जुम्लामा अटो दुर्घटनामा परि अटो चालकको मृत्यु भएको छ।मृतक जुम्लाको तातोपानी गाउँपालिका –७ सर्मी गाउँका अन्दाजी ४४ वर्षका रणबहादुर कुँवर हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक रोहित रसाइलीका अनुसार अटो दुर्घटना शुक्रबार राति ११ बजे भएको हो। क.१ ह.३१ नम्बरको अटो जुम्लाको तिला गाउँपालिका-४ भोटचौरमा दुर्घटना परेको प्रहरीले जनाएको छ।

तातोपानी–१ राकाँ गाउँबाट तातोपानी –७ सर्मी गाउँ धान लिएर जाने क्रममा अटो दुर्घटना भएको थियो।लगत्तै घाइते चालक कुँवरलाई प्रहरी चौकि कुडारीका प्रहरी हवल्दार बैजु महत्तोको नेतृत्वले उद्वार गरि जुम्ला प्रतिष्ठान पुरयाएको थियोे।घाईते चालक रणबहादुरको उपचारको क्रममा शनिबार बिहान ५ बजे ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

सडक बाट करिव ६० मिटर तल खसेको थियोे ।शव प्रतिष्ठानको शव गृहमा राखिएको रसाइलीले बताए।उनले भने, अटो के कारणले दुर्घटना भएको हो?भन्ने कुरा एकिन जानकारी भएको छैन्।अनुसन्धानपछि मात्रै भन्न सकिनेछ। अहिले घटनास्थल तिर जादै गरेको उनले बताए ।

अटो चालक रणबहादुरको उपचारको क्रममा मृत्यु

सम्पादकीय : समृद्ध कर्णालीको बुटी

Leave a comment

Your email address will not be published. Required fields are marked *